कुशासन बढेको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानका नेता आक्रोशित « Khabarhub

कुशासन बढेको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानका नेता आक्रोशित


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- मुलुकमा कुशासन बढ्दै गएको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानका नेताले आक्रोश पोखेका छन् ।

गिल्गिट बाल्टिस्तानको प्रान्तीय सभाका विपक्षी नेता एवम् पूर्वप्रान्तीय वित्तमन्त्री जावेद अली मान्वाले मुलुकमा कुशासन उत्कर्षमा रहेको भन्दै जनताको समस्या समाधान गर्न सरकार असफल भएको बताए ।

पाकिस्तानबाट प्रकाशित हुने उर्दू अखबार डेली के२ का अनुसार गिल्गिट बाल्टिस्तान अन्धकारमा रहेको भन्दै सरकारसँग जनतालाई अन्धकारबाट बाहिर ल्याउने कुनै नीति नभएको बताए । उनले तल्लो तहका सहयोगीको निर्देशनमा सरकार चलेको भन्दै आक्रोश पोखे।

उनले प्राथमिकताका आधारमा सरकारले जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । सरकारमा रहेका मन्त्रीहरुले काम नै नगरी दिन बिताउने गरेको भन्दै उनले यस्तो सरकार जनताका लागि घाँडो भएको उल्लेख गरे । उनले आफूहरु गिल्गिट बाल्टिस्तानमा शान्तिको पक्षमा रहेको समेत जिकिर गरे ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : ५८ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय