१० वर्षभित्र नेपाललाई एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ : नेता कार्की | Khabarhub Khabarhub

१० वर्षभित्र नेपाललाई एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ : नेता कार्की


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इमान्दार भएर काम गरे नेपाललाई १० वर्षभित्र एसियाको समृद्ध मुलुक बनाउन सकिने धारणा राखेका छन् ।

नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशको दोस्रो प्रदेशस्तरीय मुस्लिम भेला तथा सम्मान कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उनले सरकारले अब कुरा भन्दा पनि जनताको हितमा काम गरेर देखाउनुपर्ने बताए । उनले जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा लगानी बढाउन सके नेपाल सम्पन्न राष्ट्र बन्न समय नलाग्ने बताए ।

त्यस अवसरमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्यालले राजनीतिक परिवर्तनका लागि हुने प्रत्येक आन्दोलनमा मुस्लिम समुदायको भूमिका उल्लेखनीय रहेकोे बताउँदै मुस्लिम समुदायका महिलालाई पनि राजनीतिक क्षेत्रमा अगाडि सार्नुपर्ने बताइन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति हाजी अब्दुल सतारले नेपाली कांग्रेसले मुस्लिम समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । साथै उनले संविधानले दिएको अधिकारसमेत मुस्लिम समुदायले उपयोग गर्नबाट वञ्चित भएको गुनासो गरे । राज्यका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड थियो ।

नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हाजशाह महम्मदको अध्यक्षातामा भएको उक्त भेलामा विसं २०७९ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने मुस्लिम समुदायका छात्रछात्रा र समितिमा योगदान पुर्‍याउने सदस्यलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ३८ बजे

चोरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको आग्रह

गण्डकी- जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित

शपथपछि आन्दोलनका घाइते भेट्न अस्पतालमा कुलमान (तस्बिरहरू)

काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएपछि नवनियुक्त

हामी खाडलमा पर्‍यौं, अब दलहरु चुनावमा गइदिए हुन्थ्यो

काठमाडौं– भदौ २३/२४ गतेको जेन–जी पुस्ताको आन्दोलनले ओली सरकार ढालेर

खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

काठमाडौं–  ‘जेन-जी’ युवाहरूको प्रदर्शन र आगजनीका कारण बन्द रहेको खानेपानी

हुम्लाकाे सर्केगाड गाउँपालिकामा नेपाल टेलिकमको ‘ टूजी र फोरजी’ सञ्चालनमा आयो

काठमाडौं– नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका-१ मा टूजी