१० वर्षभित्र नेपाललाई एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ : नेता कार्की « Khabarhub

१० वर्षभित्र नेपाललाई एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ : नेता कार्की


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इमान्दार भएर काम गरे नेपाललाई १० वर्षभित्र एसियाको समृद्ध मुलुक बनाउन सकिने धारणा राखेका छन् ।

नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशको दोस्रो प्रदेशस्तरीय मुस्लिम भेला तथा सम्मान कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उनले सरकारले अब कुरा भन्दा पनि जनताको हितमा काम गरेर देखाउनुपर्ने बताए । उनले जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा लगानी बढाउन सके नेपाल सम्पन्न राष्ट्र बन्न समय नलाग्ने बताए ।

त्यस अवसरमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्यालले राजनीतिक परिवर्तनका लागि हुने प्रत्येक आन्दोलनमा मुस्लिम समुदायको भूमिका उल्लेखनीय रहेकोे बताउँदै मुस्लिम समुदायका महिलालाई पनि राजनीतिक क्षेत्रमा अगाडि सार्नुपर्ने बताइन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति हाजी अब्दुल सतारले नेपाली कांग्रेसले मुस्लिम समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । साथै उनले संविधानले दिएको अधिकारसमेत मुस्लिम समुदायले उपयोग गर्नबाट वञ्चित भएको गुनासो गरे । राज्यका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड थियो ।

नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हाजशाह महम्मदको अध्यक्षातामा भएको उक्त भेलामा विसं २०७९ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने मुस्लिम समुदायका छात्रछात्रा र समितिमा योगदान पुर्‍याउने सदस्यलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ३८ बजे

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई