खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आचार्य विजयी « Khabarhub

खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आचार्य विजयी


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङ उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन् ।

उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन् । बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गरे ।

निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो । महासचिवमा अजय बस्नेत विजयी भए । उन सुमन श्रेष्ठलाई पराजित गरे । कोषाध्यक्षमा नेत्रबहादुर कटवाललाई हराउँदै युधिर शाक्य चुनिए ।

सङ्घको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टङ्कप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भइसकेका छन्।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : ५८ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको