खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आचार्य विजयी « Khabarhub

खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आचार्य विजयी


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङ उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन् ।

उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन् । बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गरे ।

निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो । महासचिवमा अजय बस्नेत विजयी भए । उन सुमन श्रेष्ठलाई पराजित गरे । कोषाध्यक्षमा नेत्रबहादुर कटवाललाई हराउँदै युधिर शाक्य चुनिए ।

सङ्घको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टङ्कप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भइसकेका छन्।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : ५८ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको