आजको फलफूल र तरकारीको मूल्य कति? « Khabarhub

आजको फलफूल र तरकारीको मूल्य कति?


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार गोलभेँडा ठुलो प्रतिकेजी ३० रुपैयाँ, मकै बोडी प्रतिकेजी ५० रुपैयाँ, कुरिलो प्रतिकेजी १५० रुपैयाँ, काउली प्रतिकेजी ७० रुपैयाँ र आलु रातो प्रतिकेजी ३९ रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग एक सयरुपैयाँ, डल्लेच्याउ प्रतिकेजी २७० रुपैयाँ , न्यूरो प्रतिकेजी ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी ११० रुपैयाँ, अदुवा प्रतिकेजी २३० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २२० रुपैयाँ,  ताजा माछा (रहु) ३३० रुपैयाँ र ताजा माछा(मुंगरी) ३२० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : १४ बजे

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ