विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं धादिङ र कञ्चनपुरबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित रौतहट कटहरिया नगरपलिका-१ मसेरुवा बस्ने २४ वर्षीय दुर्गा दासलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज.०२९२ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ८ सय ८५ ग्रामसहित गल्छी गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा ती किशोरलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ३६ मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पिलभित-४ बस्ने २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह रहेका छन् ।

प्रहरी चौकी भुडा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलडाँडी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०६ बिएफ ४६९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  २ : २२ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा