नागरिकता विधेयकप्रति एमालेको आलोचना | Khabarhub Khabarhub

नागरिकता विधेयकप्रति एमालेको आलोचना


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ । 

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिए । उनले भने, ‘कानुन आवश्यकता थियो, निष्कर्षमा पुर्‍याउन ढिलाई भएकै हो, जारी गर्ने विधि र प्रक्रिया भने मिलेन ।’

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रमाणीकरण गरेका हुन् । ‘राष्ट्रपति कार्यालयमा निष्क्रियरुपमा थन्किएको विधेयक मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ सक्रिय हुन्छ ?’ प्रश्न गर्दै उपनेता नेम्वाङले भने, ‘विधेयकमा समेटिएर आएका कतिपय विषयप्रति पार्टी गम्भीर छ ।’

गत २०७९ साउन १५ गते प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसद्को दुवै सदनबाट पारित भएको थियो । विधेयकलाई अलि समय लिएर विचार पुर्‍याएर टुङगोमा पुर्‍याउन पर्ने मत रहेको बताउँदै उनले भने, ‘यो गर्नुपर्ने काम थियो, तर संविधान, कानुन र संसदीय मूल्य मान्यताले नचिनेको बाटोबाट आयो ।’

उनले संविधानले जुन सदनमा त्यो उत्पत्ति भएको हो त्यही सदनको प्रमुखले प्रमाणित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गर्नुपर्छ भनिएकामा त्यो प्रक्रियालाई बेवास्ता गरिएको आरोप पनि लगाए । पार्टीकै पहलमा गैर नेपाली आवासीयलाई नागरिकता प्रदान गर्ने निर्णय गरेको स्मरण गराउँदै पूर्वसभामुख नेम्वाङले त्यसलाई समेत समेटेर विधेयक समयमै बन्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ४ : ०३ बजे

वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गइरहेको छ : शक्ति बस्नेत

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले वर्तमान सरकारले आफ्नो

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

जेनेभा– संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको

‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सरकारको एक

मन्त्री गुप्ता जोडिएको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको

स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै 

काठमाडौं– बिमाको प्रथम सेवा विन्दुको बारेमा आवश्यक जानकारी गराउन सबै