जरैसम्म पुगेर सुन प्रकरणको अनुसन्धान हुन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

जरैसम्म पुगेर सुन प्रकरणको अनुसन्धान हुन्छ : प्रधानमन्त्री


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुनप्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्‍याउन सरकार दृढ रहेको स्पष्ट पारे ।

यही साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो । हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

सुन प्रकरणलाई निष्कर्षमा पु¥याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । मुलुक विकासको बाधकका रुपमा रहेको भ्रष्टाचार, अनियमितता, कसिमन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताएको नेकपा माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् । उनले सो प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानुनी कारवाही गर्नुपर्ने बताए ।

सरकारले अगाडि बढाएको भ्रष्टाचार र अनियमितता विरुद्धको अभियानलाई प्रभावित पारेर अन्यत्रै मोड्न र दोषी उम्काउनका लागि आफ्नो नाम समेत जोडेर प्रचार गरिएको उनको भनाइ छ । उपमहासचिव पुनले भ्रष्टाचार र अनियमितता विरुद्ध सरकारले अगाडि बढाएको अभियानलाई सफल बनाएरै छाड्नुपर्नेमा जोड दिएका थिए ।

यही साउन १७ गतेदेखि बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकको कार्यसूची तय गर्नका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक लगातार बसिरहेको छ । सोही क्रममा आज पनि बैठक बसेको हो । केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक एवम् सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

सो विषयमा समेत आजको बैठकमा छलफल भएको थियो । यस्तै आगामी मंसिरमा विधान सम्मेलनको आयोजना गरी पार्टीको सांगठनिक संरचनालाई चुस्त दुरुस्त बनाउने समेत तयारी गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १ : ५८ बजे

हमासले भोलि थप तीन बन्दीलाई छाड्ने

एजेन्सी – प्यालेस्टाइनको गाजापट्टीमा सक्रिय लडाकु समूह हमासले इजरायलबाट नियन्त्रणमा

रविलाई पौने तीन करोड जुट्दा उनकै कार्यकर्ता एक लाख धरौटी बुझाउन नसकेर जेल चलान

काठमाडौं – सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका राष्ट्रिय

पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता

कास्की – पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह

नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

काठमाडौं – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई

शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत

काठमाडौं – ‘अरेली काँडैले’ गीत युट्युबमा १० करोड भ्युज पाउने