अफ्रिकी मुलुक गाबोनमा सैन्य ‘कू’ « Khabarhub

अफ्रिकी मुलुक गाबोनमा सैन्य ‘कू’


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

अफ्रिका– अफ्रिकी मुलुक गाबोनमा सैनिक ‘कू’ भएको छ । सेनाले शक्ति हातमा लिँदै ६४ वर्षीय राष्ट्रपति अलि बोङ्गो ओन्डिम्बालाई घरमै नजरबन्द गरिएको छ। उनका एक छोरा देशद्रोहको आरोपमा पक्राउ परेका छन् । 

बोङ्गो परिवारले ५५ वर्ष भन्दा बढी समयदेखि गाबोनमा शासन गर्दै आएको छ। समाचार अनुसार सैन्य कारबाही पछि राजधानी लिब्रेभिलमा सडकमा उत्सव मनाइएको छ ।

गाबोनमा चार दिनअघि भएको निर्वाचनमा बोङ्गो तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । निर्वाचनमा उनले ६४ प्रतिशत मत प्राप्त गरेको घोषणा गरिएको थियो । 

सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ । अली सन् २००९ मा पहिलो पटक राष्ट्रपति भएका थिए । उनले सन् १९६७ देखि राष्ट्रपति रहेका ओमारबाट सत्ता प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १० : ४३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको