अफ्रिकी मुलुक गाबोनमा सैन्य ‘कू’ | Khabarhub Khabarhub

अफ्रिकी मुलुक गाबोनमा सैन्य ‘कू’


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

अफ्रिका– अफ्रिकी मुलुक गाबोनमा सैनिक ‘कू’ भएको छ । सेनाले शक्ति हातमा लिँदै ६४ वर्षीय राष्ट्रपति अलि बोङ्गो ओन्डिम्बालाई घरमै नजरबन्द गरिएको छ। उनका एक छोरा देशद्रोहको आरोपमा पक्राउ परेका छन् । 

बोङ्गो परिवारले ५५ वर्ष भन्दा बढी समयदेखि गाबोनमा शासन गर्दै आएको छ। समाचार अनुसार सैन्य कारबाही पछि राजधानी लिब्रेभिलमा सडकमा उत्सव मनाइएको छ ।

गाबोनमा चार दिनअघि भएको निर्वाचनमा बोङ्गो तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । निर्वाचनमा उनले ६४ प्रतिशत मत प्राप्त गरेको घोषणा गरिएको थियो । 

सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ । अली सन् २००९ मा पहिलो पटक राष्ट्रपति भएका थिए । उनले सन् १९६७ देखि राष्ट्रपति रहेका ओमारबाट सत्ता प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १० : ४३ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न