लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : देउवा « Khabarhub

लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : देउवा


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गरेका छन् ।

जनैपूर्णिमा र गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गरी भावी पुस्ताका लागि पनि यस्ता पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी रहेको बताएका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व छन् । यी प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्दै सभापति देउवाले नेपालीको मौलिक सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व भएको बताएका छन् ।

उनले जनैपूर्णिमा र गाईजात्राका अवसरमा सम्पूर्णमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  २ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै