चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउछ : प्रदेश प्रमुख गुरुङ « Khabarhub

चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउछ : प्रदेश प्रमुख गुरुङ


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख  पृथ्वीमान गुुरुङले हाम्रा विभिन्न चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । जनै पूर्णिमाको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै नेपाल बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक देश रहेको बताउँदै उनले विभिन्न जाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गदै  आपसी सद्भाव प्रगाढ बनाएको बताए ।

यस्ता चाडपर्वले समुदायबीच सद्भाव कायम राख्दै साँस्कृतिक, आर्थिक र सामाजिक रुपमा एकीकृत बनाउने र राष्ट्रिय एकतालाई अझ मजबुद बनाएको सन्देशमा उल्लेख छ । 

उत्साह र उमंगका साथ विभिन्न समुदायले खुशीयालीस्वरुप मनाउने यस पर्वले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको बताउँदै उनले मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्परा अनुसार मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने परम्परा रहेको उल्लेख गरे । 

तागाधारी समुदायले मात्रै नभइ यो पर्वलाई विभिन्न समुदायले धुमधामका साथ मनाउने र समुदायपिच्छे यसलाई फरक–फरक नामले पुकारिए पनि अन्ततः बुझिने शब्दमा रक्षाबन्धन भएकाले यसको अत्यन्त ठूलो महिमा रहेको सन्देशमा भनिएको छ । 

नेवारी समुदायले श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने र बौद्ध धर्मावलम्बीले आजको दिनलाई भगवान् गौतम बुद्धले काम शक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गरिएको सन्देशमा उल्लेख छ । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ३ : ५१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको