जनैपूर्णिमाका अवसरमा विशेष मेला « Khabarhub

जनैपूर्णिमाका अवसरमा विशेष मेला


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– जनैपूर्णिमाका अवसरमा आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित तेमाल नारायणस्थान, बनेपाको गोसाइँस्थानरोशीको ताराखसे लेकमा विशेष मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसक्नेहरूले यहाँका तीर्थस्थलमा पुगेर पूजा एवं दर्शन गर्दछन् ।

पर्वका अवसरमा विभिन्न समुदायका मानिस तेमालस्थित नारायणस्थानमा पुगेर सत्यनारायण मन्दिरको दर्शन गर्दछन् । सो क्रममा झाँक्री भेषभुषामा सजिएर ढ्याङ्ग्रो बजाउँदै विभिन्न स्थानबाट तेमालस्थित सत्यनारायणको मन्दिर दर्शन गर्ने प्रचलन रहेको छ । हिन्दु धर्मावलम्बीले जनैपूर्णिमा र बौद्ध धर्मावलम्बीले गोन ङ्हयाकारुपमा यस पर्व मनाउने गर्दछन् । 

पर्वका अवसरमा तेमाल गाउँपालिकाले बुधबारदेखि भोलि तीन दिनसम्म सार्वजनिक बिदा दिएको छ । पोखरी नारायणस्थानमा रहेको सत्यनारायणको मन्दिरमा लाग्ने जात्राका लागि पालिकाभरिका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको पालिकाले जनाएको छ ।

तेमालमा सांस्कृतिक पर्वका रुपमा मनाइने जात्राको अवलोकनका लागि पालिकासहित आसपासका पालिका एवं छिमेकी जिल्लाबाट समेत दर्शनार्थी र भक्तजन उपस्थित हुने भएकाले तीन दिनसम्म सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले जानकारी दिए ।

त्यस्तै, बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लाग्ने जात्राका लागि आवश्यक तयारी भइसकेको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले बताए । परापूर्वकालदेखि लाग्दै आएको गोसाइँस्थान मेलामा बनेपा, धुलिखेल, पाँचखालसहित जिल्ला बाहिरबाट समेत दर्शनार्थीको घुइँचो लाग्ने गरेको उनले बताए।

रोशी गाउँपालिका–३ मा पर्ने ताराखसे लेकमा रहेको पोखरी आसपासमा पनि जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यहाँ महाभारत, खानीखोला र रोशी गाउँपालिकाका नागरिक पुग्ने गर्दछन् । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ६ : ०३ बजे

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन