चितवनमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल « Khabarhub

चितवनमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवनमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ । चाडपर्वसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढी तर रक्तदानका कार्यक्रम कम भएका कारण रगतको अभाव भएपछि रेडक्रसले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेको हो ।

रक्तदान कार्यक्रम नियमित हुन नसक्दा रगत अभाव भएपछि सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणि खनालले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेका हुन् । जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पतालमा आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको तर चाडवाडमा रक्तदानका कार्यक्रम कम भएको अपिलमा उल्लेख छ ।

अपिलमा भनिएको छ, ‘मागअनुसार रगत आपूर्ति गर्न कठिनाइ भएकाले रगतको अभावमा पीडित मानवलाई जीवनदान दिन सम्पूर्ण रक्तदाता महानुभाव, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनु हुनका लागि हार्दिक अपिल गर्दछौँ ।’

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले रक्तदान कार्यक्रममा विगतमा जस्तो रक्तदाताको उत्साहजनक सहभागिता नहुने गरेको बताए। दसैँअघि रक्तदान कार्यक्रम भए पनि रक्तदाताको सङ्ख्या घट्दा हाल रगतको अभाव भएको उनको भनाइ छ । उनले भने, ‘रक्तदाताको सङ्ख्या घट्दै गएको छ, धेरै सङ्ख्यामा युवाहरू विदेश पलायन हुँदा रक्तदाताको सङ्ख्या घटेको हुनसक्छ ।’

भरतपुरमा मात्रै दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको भन्दै मागअनुसारको रगत आपूर्ति गर्न कठिन भएको पौडेलले बताए। उनले भन, ‘भोलिबाटै विभिन्न स्थानमा रक्तदानका कार्यक्रम आयोजना हुँदैछन्, जस कारण रगतमा केही सहजता हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १२ : १४ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको