लागूऔषधसहित दुईजना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित दुईजना पक्राउ


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहा र कपिलवस्तुबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । सिरहाको लहान नगरपालिका-१२ भोटिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४५ मिलिग्राम र डिजिटल तराजुसहित लहान नगरपालिका-१३ बस्ने ३३ वर्षीय देवकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले स.९ प ८२७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त लागूऔषध र तराजुसहित पक्राउ गरेको हो ।   

कपिलवस्तुको बाणगंगा नगरपालिका-७ बनगाई बस्ने २४ वर्षीय अंकित थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी थारूलाई पक्राउ गरेको हो ।     

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ३ : ५५ बजे

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं- नक्कली नोटसहित एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ

कोशी प्रदेशको बजेट सर्वसम्मतिले पारित

मोरङ – कोशी प्रदेशसभाले विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको छ

त्रिविले यो वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने

विपीन जोशीको रिहाइ पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउद विपीन जोशीको रिहाइको पहलका लागि

भारतको मुख्य प्रशिक्षकमा राहुल द्रविडकै निरन्तरता

काठमाडौं – भारतीय क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा राहुल