दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा काठमाडौंमा तमु ल्होसार मनाइयो, प्रचण्ड र देउवाबीच चर्काचर्की, बालकुमारीको बाछिटा बालुवाटारमा, सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने, बालकुमारी घटनामा मारिएका वीरेन्द्र शाहको परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख रुपैयाँ दिने, राष्ट्रियसभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले सिफारिस गर्‍यो १२ पत्रकारको नामलगायतका समाचारले प्रमुख स्थान पाए ।

काठमाडौंमा तमु ल्होसार मनाइयो

गुरूङ समुदायको प्रमुख पर्व `तमु ल्होसार´ भव्यताका साथ काठमाडौंमा मनाइएको छ ।

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गुरुङ पोशाक ग्रहण गरेका थिए ।

प्रचण्ड र देउवाबीच चर्काचर्की, बालकुमारीको बाछिटा बालुवाटारमा

दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा जिम्मेवार रहेको भन्दै सरकारले केही प्रहरी अधिकारी निलम्बन गर्न खोज्दा गठबन्धन दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको मनोबल खस्कने र कारबाही गर्न नहुने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चर्काचर्की परेको छ ।

बैठकमा सहभागी कांग्रेसका एक जना नेताले खबरहबलाई बताएअनुसार बालकुमारीमा गम्भीर सुरक्षा लापरवाही भएको र त्यहाँको कमाण्डको जिम्मेवारीमा खटिएका प्रहरी नायब उपरीक्षक उमेश लम्सालसहितका प्रहरी अधिकारीहरुलाई कारवाही गर्न लागेको जानकारी दिनासाथ देउवा झोँक्किएका थिए ।

समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि सरकार प्रयासरत छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विद्यमान चुनौतीहरूको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।

आइतबार तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अक्षुण एकता, सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय विशेषतालाई आत्मसाथ गर्दै देशमा विद्यमान चुनौतीहरूको सम्बोधनका साथ समुन्नतिको राष्ट्रिय आकांक्षाका लागि निरन्तर प्रयासरत रहेको बताएका हुन् ।

सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने

सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वन्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्‍त्रालयलाई निर्देशन दिएका छन् ।

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सत्तारुढ दल नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ ।

केन्द्रीय कार्य समितिको बैठकले उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कानुनी कारवाही गर्न माग गरेको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बालकुमारी घटनामा मारिएका वीरेन्द्र शाहको परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख रुपैयाँ दिने

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले आफू दुःखी भएको बताउँदै प्रदेश सरकारका तर्फबाट दुई लाख राहत दिने बताए । परिवारजनको पीडामा मल्हम लगाउन प्रदेश सरकारका तर्फबाट दुई लाख रुपैयाँ राहत दिइने उनको भनाइ छ ।

बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका सबै रिहा

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरूलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार सो प्रदर्शनका क्रममा थुनामा रहेका सबै रिहा भएका हुन् ।

हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई निर्देशन दिएका छन् ।

मुलुकको हवाई प्रशासनलाई व्यवस्थित गर्न स्थापित सो प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गरे । उनले सरकार–निजी क्षेत्रको साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जानकारी दिँदै सरकारको पर्यटन प्रवद्र्धन र विकासको नीति र लक्ष्यलाई ध्यानमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

राष्ट्रियसभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले सिफारिस गर्‍यो १२ पत्रकारको नाम

आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पत्रकारिता क्षेत्रबाट पनि उम्मेदवार बनाइनुपर्ने माग गर्दै समाजवादी प्रेस संगठनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठनले आफ्नो संगठनका १२ जना पत्रकारमध्येबाट राष्ट्रियसभामा प्रतिनिधित्व गराइनुपर्ने माग गरेको हो ।

सन् २०२३ मा प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना दर्ता

महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ । “विगतका वर्ष मा जस्तै यसवर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएका छन् । यसवर्ष पत्रकारको पेशागत असुरक्षा मुख्य चुनौतिको विषय बनेको छ”, विज्ञप्तिमा भनिएको छ ।

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरू चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ ।

उक्त पहरामा विसं २०६० देखि चट्टान आरोहण सुरु भएको हो । पहरामा १६० वटा फलामे नटबोल्ट गाडिएका छन् । त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन । आन्तरिक एवं बाह्य पर्यटक गरी हालसम्म एक लाखभन्दा बढीले चट्टान आरोहण गरिसकेको विमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : ०० बजे

निकुञ्जमा विदेशी पर्यटकको घुइँचो, आर्थिक वर्ष दुई लाख ९९ हजार आए

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको

कोशी सरकार बिस्तार : मन्त्रिमण्डल अब दश सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालको विकासमा रूसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो

जसले कतारबाट पठाएको ७० ग्राम सुन पचाउन केसम्म गरेनन् ?

काठमाडौं- कतारमा वैदेशिक रोजगारी गरेर फर्किएका एकजना ३८ वर्षीय युवकले

किसानलाई उद्यमशीलतासँग जोड्न मौरीको घार वितरण

वालिङ– किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरीको घार