दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा जनतामा निराशा बाँड्नेहरू राष्ट्रवादी हुन सक्दैनन् : प्रधानमन्त्री, रिहा भए जनमत पार्टीका अध्यक्ष सिके राउत,  बालकुमारी घटनामा मृत्यु भएका दुई जनालाई सरकारले सहिद घोषणा गर्ने, बालकुमारी घटनामा पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा आयोग गठन, वीर अस्पतालमा गरिएको आर्थिक नाकाबन्दीविरुद्ध सर्वोच्चमा रिट, अभियानका रूपमा नेपाली टोपी दिवसलगायतका समाचारले प्रमुख स्थान पाए । 

रिहा भए जनमत पार्टीका अध्यक्ष सिके राउत


निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् ।

जनतामा निराशा बाँड्नेहरू राष्ट्रवादी हुन सक्दैनन् : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निराशा बाँड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

राजतन्त्रको बहस सम्भव छैन : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजतन्त्रको बहस नेपालमा सम्भव नभएको बताएका छन् ।

नेपाली कांग्रेसको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बोल्दै उनले नेपाली जनता चुसेर गरिब बनाउने सैद्धान्तिक वैचारिक कुनै हिसाबले राजतन्त्र सम्भव नभएको बताएका हुन् ।

लोकतन्त्र नै लोकतन्त्रको विकल्प हो: देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लोकतन्त्र, गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने बताएका हुन् ।

बालकुमारी घटनामा मृत्यु भएका दुई जनालाई सरकारले सहिद घोषणा गर्ने
ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।

पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा उनीहरुको मृत्यु भएको थियो ।

बालकुमारी घटनामा पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा आयोग गठन


दुईजना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ ।

आज बिहान सिंहदरबारमा बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बालकुमारी घटना : श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानविन गर्न निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकामा बारेमा छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार भएको बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि सोमबार सिंहदरबारमा सरोकारवाला निकायसँग छलफल गर्दै समितिले उक्त घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको छ ।

वीर अस्पतालमा गरिएको आर्थिक नाकाबन्दीविरुद्ध सर्वोच्चमा रिट
सरकारले वीर अस्पताललाई गरेको आर्थिक नाकाबन्दीका विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

पूर्वाधार विकास समितिले विद्युत् व्यापारबारे मन्त्रीसँग जवाफ लिने
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल-भारतबीचको विद्युत् व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ ।

समितिको आजको बैठकमा सदस्यले उक्त सम्झौतालगायतका विषयमा पटक(पटक पत्राचार गरी जानकारी माग गरेकामा जवाफ प्राप्त नभएको जनाउँदै आगामी बैठकमा मन्त्रीलाई नै आमन्त्रण गर्न सुझाव दिएका थिए ।

अभियानका रूपमा नेपाली टोपी दिवस


जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपी स् नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएको छ ।

वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं र राजेश खत्रीले विज्ञप्ति जारी टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग गरे ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ०० बजे

खानेपानी मन्त्री राईको सम्पत्ति : १० तोला सुन र १०० तोला चाँदी 

काठमाडौं– खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकारलाई बुझाएको सम्पत्ति विवरणअनुसार धनकुटा

गिरीबन्धु टी-स्टेटमा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल र अनेरास्ववियू

रक्षामन्त्री उप्रेतीसँग ३५ कट्ठा जमिन, २५ तोला सुन

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीको बरहथवा नगरपालिका-४ मा साढे

सहरी विकास मन्त्री धनबहादुरको सम्पत्ति कति छ ?

काठमाडौं– सहरी विकास मन्त्री धनबहादुर बुढाको डोल्पामा ५ रोपनी जग्गा

गृहमन्त्रीको सम्पत्ति : दुई बैंकमा खाता, भक्तपुरमा १ रोपनी जग्गा, श्रीमती निकिता करोडपति

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक