किवी किसानलाई पालिकाको ७० प्रतिशत अनुदानमा किवी टि-वार « Khabarhub

किवी किसानलाई पालिकाको ७० प्रतिशत अनुदानमा किवी टि-वार


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाकाले किवी किसानलाई अनुदानमा  किवी टि–वार वितरण गर्ने भएको छ । पालिकाले चालु आर्थिक वर्ष २०८० को स्वीकृत कार्यक्रम अन्तर्गत किवि खेती गर्ने किसानलाई किवी टि–वार वितरण गर्न १५ दिने सूचना जारी गरेको वैतेश्वर गाउँपालिका सूचना अधिकारी रोशन कुमार गिरिले जानकारी दिए। 

अघिल्लो साता ९० प्रतिशत अनुदान सहयोगमा किवीको बिरुवा वितरण गरेको वैतेश्वरले पुनः किविलाई थाङक्रोका रुपमा प्रयोग हुने किवी टि–वार ७० प्रतिशत अनुदान सहयोगमा  वितरण गर्न लागेको हो। धेरै किवी खेती हुने पालिकाको वडानम्बर- १,३,४ र ५ का किसानलाई टि- वारको लागि प्रस्ताव सहितको निवेदन दिन सूचना माग गरेको हो।

 पालिकाको किवी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई ७० प्रतिशत अनुदानमा एक सय ७६ वटा किवी टि–वार वितरण  गर्ने भएको हो।
गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेका अनुसार वैतेश्वरमा ८०-९० जना  किसान व्यवसायीक किवी खेतीमा संलग्न छन् । 

पालिकाले गतसाता एक सय ५२ जना किसानलाई चार हजार बढी किवी बिरुवा वितरण गरेको थियो। त्यस्तै गत अर्थीको वर्ष २०७८-७९मा  तिन सय ७९ वटा टि-वार वितरण गरेको कृषि प्राविधिक पाण्डेले बताए।

-सुबास बस्नेत 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : १२ बजे

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी