किवी किसानलाई पालिकाको ७० प्रतिशत अनुदानमा किवी टि-वार « Khabarhub

किवी किसानलाई पालिकाको ७० प्रतिशत अनुदानमा किवी टि-वार


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाकाले किवी किसानलाई अनुदानमा  किवी टि–वार वितरण गर्ने भएको छ । पालिकाले चालु आर्थिक वर्ष २०८० को स्वीकृत कार्यक्रम अन्तर्गत किवि खेती गर्ने किसानलाई किवी टि–वार वितरण गर्न १५ दिने सूचना जारी गरेको वैतेश्वर गाउँपालिका सूचना अधिकारी रोशन कुमार गिरिले जानकारी दिए। 

अघिल्लो साता ९० प्रतिशत अनुदान सहयोगमा किवीको बिरुवा वितरण गरेको वैतेश्वरले पुनः किविलाई थाङक्रोका रुपमा प्रयोग हुने किवी टि–वार ७० प्रतिशत अनुदान सहयोगमा  वितरण गर्न लागेको हो। धेरै किवी खेती हुने पालिकाको वडानम्बर- १,३,४ र ५ का किसानलाई टि- वारको लागि प्रस्ताव सहितको निवेदन दिन सूचना माग गरेको हो।

 पालिकाको किवी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई ७० प्रतिशत अनुदानमा एक सय ७६ वटा किवी टि–वार वितरण  गर्ने भएको हो।
गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेका अनुसार वैतेश्वरमा ८०-९० जना  किसान व्यवसायीक किवी खेतीमा संलग्न छन् । 

पालिकाले गतसाता एक सय ५२ जना किसानलाई चार हजार बढी किवी बिरुवा वितरण गरेको थियो। त्यस्तै गत अर्थीको वर्ष २०७८-७९मा  तिन सय ७९ वटा टि-वार वितरण गरेको कृषि प्राविधिक पाण्डेले बताए।

-सुबास बस्नेत 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : १२ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति