अरुण चौधरीलाई पक्राउ गर्नु गलत : उद्योग परिसंघ « Khabarhub

अरुण चौधरीलाई पक्राउ गर्नु गलत : उद्योग परिसंघ


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसङ्घले असन्तुष्टि जनाएको छ।

परिसङ्घले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाइ पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो।

अरुण चौधरी यही देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी भएको र उनी देश छोडेर कतै जान नलागेको परिसंघले जनाएको छ। राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको र यसप्रति निजी क्षेत्रको घोर आपत्ति रहेको परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसले सम्पूर्ण उद्योगी-व्यवसायीको मानमर्दन भएको परिसंघको ठहर छ। चौधरीको पक्राउको घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपदेयतालाई उपेक्षा गरेको जस्तो देखाएको र यसले परिसंघलाई सोच्न बाध्य तुल्याएको विज्ञप्तिमा उल्लेख छ। 

सरकारले एकातिर ठूलो महत्त्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी गरिरहेको र अर्कोतर्फ उद्योगी व्यवसायीमाथि धरपकडको डण्डा बर्साउँदा स्वदेशी लगानीकर्ता सरकारको आश्वासनबाट तर्सिएको परिसंघले जनाएको छ। यसले लगानीको वातावरण बिथोलेको परिसंघको निष्कर्ष छ।  

परिसंघले कसूर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा आफ्नो विमत्ति नरहेको उल्लेख गरेको छ। उचित र पर्याप्त कारण भएको अवस्थाबाहेक अभियुक्तलाई शंकाकै भरमा वैयक्तिक स्वतन्त्रताको हनन हुने गरी पक्राउ गर्ने कार्य कुनै पनि दृष्टिकोणले न्यायसंगत नभएको परिसंघले जनाएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाद विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ६ : ४८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको