नेटो सेना रूससँग लड्न आए आणविक युद्ध हुने पुटिनको चेतावनी « Khabarhub

नेटो सेना रूससँग लड्न आए आणविक युद्ध हुने पुटिनको चेतावनी


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

मस्को– राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आणविक युद्धलाई निम्ताउन खोजिरहेको आरोप लगाएका छन । एक सम्बोधनमा रूसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई भने कि यदि उनीहरूले युक्रेनमा लड्न सेना पठाए भने उनीहरूले आणविक युद्धलाई उक्साउने जोखिममा छन् भनेर बुझ्नु पर्नेछ ।

र, उनले आफ्नो सम्बोधनमार्फत यो चेतावनी पनि दिए कि मस्कोसँग पश्चिममा लक्ष्यहरू प्रहार गर्न हतियारहरू प्रशस्त मात्रामा रहेका  छन्।

युक्रेनसँगको जारी युद्धले सन् १९६२ को क्युवाली मिसाइल संकट पछि पश्चिमसँगको मस्कोको सम्बन्धमा सबैभन्दा खराब संकट निम्त्याएको पश्चिमा सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन । तर, पुटिनले त्यसको प्रतिवाद गर्ने जनाएका छन् ।

पुटिनले पहिले नै नेटो र रूस बीचको प्रत्यक्ष टकरावको खतराको बारेमा बोलेका थिए तर बिहीबारको आफ्नो भाषणमा भने उनले आणविक युद्धको चेतावनी दिए । जुन अहिलेसम्मकै सबैभन्दा सबैभन्दा स्पष्ट मध्ये एक मानिएको छ ।

रूसी सांसदहरू र देशका कुलीन वर्गका अन्य सदस्यहरूलाई सम्बोधन गर्दै ७१ बर्षिया पुटिनले पश्चिमा देशले रूसलाई कमजोर पार्ने कोशिश गरिरहेको पनि आरोप लगाएका छन । 

उनले आफ्नो आणविक चेतावनीलाई फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार युक्रेनमा भू-सेना पठाउने युरोपेली नेटो सदस्यहरूको विचारलाई विशेष सन्दर्भमा प्रस्तुत गरेका छन । फ्रान्सेली राष्ट्रपतिको सुझावलाई तत्काल संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत र अन्यले तुरुन्तै अस्वीकार गरेका थिए ।

मार्च १५-१७ को राष्ट्रपति चुनाव अघि बोल्दै जब उनी अर्को ६ वर्षको कार्यकालको लागि पुनः निर्वाचित हुने निश्चित छन्, उनले रुसको विशाल आधुनिक आणविक हतियार संसारमा सबैभन्दा ठूलो भएको कुराको प्रशंसासमेत गरेका छन् । 

‘रणनीतिक आणविक शक्तिहरू पूर्ण तयारीको अवस्थामा छन्,’ उनले भने, ‘नयाँ पुस्ताका हाइपरसोनिक आणविक हतियारहरू पनि मौज्दातमा छन् ।’  जुन उनले २०१८ मा पहिलो पटक बोलेका जानकारी दिएका थिए कि ती हतियार तैनाथीमा राख्नका लागि विकास गरिएको र पुनः परीक्षण पूरा भइरहेको अवस्थामा छ ।

स्पष्ट रूपमा क्रोधित पुटिनले पश्चिमी राजनीतिज्ञहरूलाई नाजी जर्मनीको एडोल्फ हिटलर र फ्रान्सका नेपोलियन बोनापार्ट जस्ता व्यक्तिहरूको भाग्य सम्झन सुझाव दिए, जसले विगतमा रूसमा असफल आक्रमण गरेका थिए। ‘तर, अब परिणाम धेरै दुखद हुनेछ,’

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : ३५ बजे

सभामुख अर्यालले संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका खेल्नुहुन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती