बागलुङमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य « Khabarhub

बागलुङमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । 

बागलुङ बजारमा सुविधासम्पन्न धवलागिरि अस्पताल हुँदा धेरै महिला सुत्केरी हुनका लागि अस्पतालमा आउने गरेका छन् भने गाउँ-गाउँमा भने बर्थिङ सेन्टरमा पुग्ने गर्छन् । गर्भवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने गर्दै आएका छन् ।

अहिले हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउनुपर्छ भन्ने चेतना बढेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। पहिले बजार आसपासका गर्भवतीमात्रै स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने गरे पनि ग्रामीण क्षेत्रबाट कम आउने गरेको उनको भनाइ छ । हाल गाउँका स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जनशक्ति व्यवस्थापनपछि टाढाका गर्भवतीलाई सहज हुँदै गएको प्रमुख खनाल बताउँछन् । कहिलेकाहीँ टाढाबाट स्वास्थ्य संस्थामा आउँदाआउँदै बाटोमा समेत नवजात शिशु जन्मने गरेको उनको भनाइ छ ।

उनका अनुसार बागलुङ नगरपालिकाको १४ वटा वडामा २३ स्वास्थ्य संस्था छन् । ती मध्ये सात स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुविधा छ । नगरपालिकामा एउटा नगर अस्पताल, नौवटा स्वास्थ्य चौकी, तीनवटा आधारभूत स्वास्थ्य केन्द्र, आठवटा सहरी स्वास्थ्य एकाइ र एउटा मातृ तथा शिशु क्लिनिक रहेका छन् । स्वास्थ्यसम्बन्धी सेवासुविधा बढेपछि नागरिकले समस्या भोग्नु नपरेको उनको भनाइ छ । गत वर्षको तथ्याङ्कमा धवलागिरि अस्पतालमा मात्रै एक हजार महिला सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले सबै नागरिकलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउनका लागि नगरपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको बताए। आमा र शिशुको ज्यानको सुरक्षाका लागि स्वास्थ्य संस्थामै सुत्केरी हुन जरुरी रहेको हुँदा नगरपालिकाले सोहीअनुसार प्रोहोत्सन गर्दा अहिले पालिका शून्य होमडेलिभरी हुन पुगेको उनको भनाइ छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष ठूलो लगानी गर्दै आएको र नागरिकले सोहीअनुसार सेवासुविधा पाउन थालेको उनको भनाइ छ  ।

उनले भने, “सबैभन्दा ठूलो स्वास्थ्य हो, नागरिकको स्वास्थ्य बचाउनु हाम्रो दायित्व हो, यसमा हामी प्रतिबद्ध भएर लागेका छौँ, बजार क्षेत्रका नागरिकले त धवलागिरि अस्पतालबाट सेवा लिन सक्नुहुन्छ, गाउँबाट आउनेलाई समस्या हुन्छ, त्यसले गर्दा गाउँगाउँका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउने र गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ, नगरपालिकाभरि एम्बुलेन्स सेवा पनि सञ्चालन गरिरहेका छौँ ।”

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : २८ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल