मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३२ किमी कालोपत्र « Khabarhub

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३२ किमी कालोपत्र


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

तनहु– मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । 

उक्त सडकअन्तर्गत चार लेनको १२ किमि र दुई लेनको आठ किमी सडक कालोपत्र गरिएको आयोजनाले जनाएको छ । पहिलो चरणमा छ सेन्टिमिटरको सडक कालोपत्र गरिएको छ । सडक फाइनल गर्ने समयमा चार सेन्टिमिटर थप गरी कूल दश सेन्टिमिटरको सडक कालोपत्र बनाइनेछ । अहिले व्यास–१ को तालघरे र बन्दीपुर–१ स्थित डुम्रे आसपास क्षेत्रमा कालोपत्र कार्यका लागि बेस बिच्छाउने काम भइरहेको छ । 

पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दूरी रहेको छ । हालसम्म यस खण्डमा ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णु पाण्डेले जानकारी दिए। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । 

उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वौशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण कार्य स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको  उनले बताए । त्यसैगरी, पश्चिम सडकखण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किलोमिटर दूरी कालोपत्र गरिएको छ । 

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा र शुक्लागण्डकी–२ हलेदी खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ ।  

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुई काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिनुभयो । 

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलदेखि विजयपुर पुल, कोत्रेपुलबाट गगनर्गौँडा र गगनगौँडाबाट दुलेगौँडातर्फ काम भइरहेको छ । उक्त सडक खण्डका दायाँबायाँका विद्युत् पोल हटाएर सडक विस्तार भइरहेको उनले बताए। 

जिल्लाको म्याग्देको जामुनेदेखि पोखरासम्मको खण्डमा करिब दुई हजार चारसय विद्युत् पोल हटाउनुपर्नेमा करिब ५० प्रतिशत हटाइसकिएको छ । तीन महिनाअघि आठ प्रतिशत काम भएको यस सडक खण्डमा अहिले १७ दशमलव पाँच प्रतिशत प्रगति भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : ५६ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र