महाजात्राको सुटिङ किस्सा : तीन नायकलाई निल डाम बस्ने गरि कसले हान्यो ? « Khabarhub

महाजात्राको सुटिङ किस्सा : तीन नायकलाई निल डाम बस्ने गरि कसले हान्यो ?


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको चलचित्र ‘महाजात्रा’ सुपरहिटको ‘ट्याग’ पाउँदै दोस्रो हप्तामा प्रदर्शनरत छ । उनले फिल्म हिट भएपछि छायांकनको दुख भुल्ने बाहान मिलेको भन्दै एउटा घटना सेयर गरेका छन् । 

निर्देशक भट्टराईले भनेको घटना तीन नायक विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रवीन्द्र झाले कुटाइ खाने सिन छायांकन गर्दाको हो । फिल्ममा शिशिर वाङ्देलले बोरामा भित्र रहेका यी तीन नायकलाई लौरोले कुटेको दृश्य छ । 

सामान्यतयाः अनुहार नदेखिने यस्तो दृश्यमा अन्य कलाकारको सहयोग लिइन्छ । अलि जोखिम किसिमको छ भने त ‘स्टन्ट म्यान’ कै प्रयोग गरिन्छ ।’

तर कुटाइ मात्र खाने सट भएकाले तीन कलाकार बोराभित्र बस्न तयार भएको प्रदीप सो अनुभव सुनाउँछन् । फिल्ममा प्रयोग हुने नक्कली लौरोले पिट्दा कति दुख्छ भन्ने अनुभव लिन पहिले आफैँले  ‘डेमो’ लिएको उनी बताउँछन् । 

उनी थप्छन्, ‘विपिन सर अनि रबिन्द्र बानियाँ सर मान्नुभयो रवीन्द्र झा सर सुरुमा हामी बस्नुपर्छ र रु भन्दै हुनुहुन्थ्यो पछि ठट्टा गर्दै मेकअप गरेर मात्र छिर्छु भन्नुभयो र मान्नुभयो ।’

आफूले डेमो लिँदा लौरोले पिट्दा कम दुखाइ महसुस भए पनि वास्तविक सुटिङ हुँदा कलाकारले निल डाम बस्ने गरी पिटाइ खाएको घटना उनले सेयर गरेका हुन् । 

उनले आभार व्यक्त गर्दै नायकहरूको निल डाम देखिने तस्बिर सेयर गर्दै भनेका छन्, ‘तीन नायकहरूले अलि अलि दुख्यो भन्नुभयो तर त्यस्तो दुख्दा पनि सिन भनेजस्तो होस भनेर चोट सहने तीन लिजेन्ड हिरोहरुलाई धेरै धेरै धन्यवाद ।’

उनले सो दृश्य छायांकनको भोलिपल्ट लिएको दुई रविन्द्रको तस्बिर मात्रै सेयर गरेका छन् । विपिनको तस्बिर चाहिँ हराएको बताएका छन् । यद्यपि विपिनको पनि चार वटा सुम्ला बसेको निर्माण पक्ष बताउँछ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : ०५ बजे

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन

हतियार र कलमको संयोजनमा खप्पीस स्रष्टा

काठमाडौं – टेकबहादुर तामाङ पूर्वएआईजी हुन् । ०५२ सालमा इन्सपेक्टर

कम्बोडिया–थाइल्यान्ड सीमा विवादमा सहमति जुट्यो

एजेन्सी – कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने

सिजीको ‘वर्ल्डकप योजना’ मा तेस्रो चरणका विजेता सार्वजनिक

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’ योजना अन्तर्गत

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो

काठमाडौं– पूर्वी नेपालको यात्रा सकेर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ