नाउपाका केन्द्रीय सदस्यलाई रेशम चौधरीबाट आयो ज्यान मार्ने धम्की! | Khabarhub Khabarhub

नाउपाका केन्द्रीय सदस्यलाई रेशम चौधरीबाट आयो ज्यान मार्ने धम्की!


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सोमबार काठमाडौंमा पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफुहरुमाथि कुटपिट भएको र हत्या गर्ने धम्की दिएको जनाएका छन् ।

विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण गरेको बताए । पार्टी कार्यालयभित्रै आफुमाथि कुटपीट हुनु र ज्यान मार्ने समेत धम्की आउनुले असुरक्षा बढेको उनले बताए ।

विश्वकर्माले २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बाँडेको र निर्वाचन आयोगमा अध्यावधिक समेत हुन नसकेको कुरा उठाउँदा पार्टी कार्यालयको सबै ढोका बन्द गरेर आफुमाथि आक्रमण भएको जिकिर गरे । सुदूरपश्चिम सरकार ढल्यो भने हत्या हुनसक्ने चेतावनी आएको अवस्थामा पार्टीका कुनै पनि नेताहरुको केहि घटनामा मृत्यु भए सबै दोष रेशम चौधरीको हुने उनले बताए ।

उनले भने– ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले र आज ममाथि भौतिक आक्रमण भएकाले मैले यसलाई सामान्य लिएको छैन ।’उनले आफुहरुमाथि सुरक्षालाई ध्यान दिनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुरोध पनि गरे ।

आफुहरुमाथि आक्रमण हुँदा पार्टी कार्यालयमा अध्यक्ष रञ्जीता चौधरी नरहेको र घटना भएको करिब आधा घण्टामा आएकी अध्यक्षलाई सबै जानकारी गराएको विश्वकर्माले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : ३१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार