सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’ « Khabarhub

सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- प्रसिद्ध पर्यटकीय जिल्ला सोलुखुम्बुको ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’ गर्न पाइने भएको छ । केही दिनअघि उक्त स्थानमा ‘बञ्जी जम्प’को सफल परीक्षण गरिएको छ ।

लुक्ला बजारदेखि सगरमाथा आधारशिविर जाने बाटोमा अवस्थित प्रसिद्ध ‘हिलारी ब्रिज’मा ‘बञ्जी जम्प’को सफल परीक्षण गरिएको हो ।

‘बञ्जी जम्प’का लागि दूधकोशी नदीको खोंचमा सम्पूर्ण पूर्वाधार बनाइएको छ । दूधकोशीबाट ४३ मिटरको उचाइमा ‘बञ्जी जम्प’स्थल बनाइएको हो ।

यहाँ लास्ट रिसोर्ट ‘बञ्जी जम्प’स्थल सञ्चालनमा ल्याएको हो । यस एभरेस्ट ‘बञ्जी जम्प’को व्यवस्थापन पनि लास्ट रिसोर्टले गर्ने बञ्जी मास्टर भोला श्रेष्ठले बताएका छन् ।

दूधकोशीमाथि सोमबार परीक्षण सफल भइसकेको उनले बताए । अब यसै वर्ष सेप्टेम्बरदेखि यहाँ व्यवसायिक रुपमा ‘बञ्जी जम्प’सञ्चालन गरिने तयारी छ ।

‘नाम्चे बजारको केही तल अवस्थित हिलारी ब्रिजमा बञ्जी जम्पका लागि पूर्वाधार तयार गरिएको हो’, श्रेष्ठले भनेका छन्,‘यहाँ ‘बञ्जी जम्प’ परीक्षण सफल भयो, अब आगामी सेप्टेम्बरदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउँछौँ ।’

उनले सोलुखुम्बुमा साहसिक पर्यटनको अर्को पूर्वाधार थपिएको भन्दै खुसी व्यक्त गरे । यस ‘बञ्जी जम्प’का सञ्चालक छेपाल दोर्जे शेर्पाले गाउँपालिकाबाट सबै अनुमति मिलिसकेको बताए । यो ‘बञ्जी जम्प’स्थलका लागि डेढ करोड रुपैयाँ लगानी गरिएको उनले बताएका छन् ।

अब यो स्थलमा पर्यटन विभागले अनुगमन गर्न बाँकी छ । विभागले अनुगमन गरेर अनुमति दिएपछि यहाँ व्यवसायिक रुपमा ‘बञ्जी जम्प’ गराइने छ ।

तस्बिर : दावा जाङ्बु शेर्पा

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : ३२ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग