सेनाद्वारा वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

सेनाद्वारा वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रौतहट– तीन हजार बिरामीको लक्ष्यसहित रौतहटको गढीमाई नगरपालिकास्थित नेपाली सेनाले वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

नेपाली सेना मध्यपूर्वि पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल,  वीरदल गण र गढिमाई नगरपालिकाको सहकार्यमा वडा नम्बर १ समनपुररको शंकर गुदर माविको प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहुँचबाट बञ्चित समुदायहरूलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको वीरदल गणका गणपति कर्णेल गंगाबहादुर विष्टले बताए। 

लक्षित वर्गलाई लाभ तथा नेपाली सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यले सञ्चालित  स्वास्थ्य शिविरमा करिब २५ सयदेखि तीन हजार बिरामीले स्वास्थ्य लाभ लिने लक्ष्य राखिएको कर्णेल विष्टले बताए।

शिविरको उद्घाटन कार्यक्रममा गढीमाई नगर प्रमुख श्यामबाबु यादवले स्वास्थ्य शिविरबाट गरीब तथा आर्थिक रुपले विपन्न समुदायले आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य लाभ लिन पाउनु नगरबासीको सौभाग्य रहेको विचार राखे।

नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर, चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताललगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरिरहेका छन्। अहिलेसम्म १५ सय बिरामीको उपचार भइसकेको कर्णेल विष्टले जानकारी दिएका छन्।

शिविरमा बेलुकी ६ बजेसम्म उपचार हुने आयोजकले जनाएको छ।

अंग्रेज सेनालाई नेपालीले हराएर धपाएको ऐतिहासिक गाउँ समानपुरमा नेपाली सेनाले पटक-पटक विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ७ : ११ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५