टीकापुरमा असल करदातालाई सम्मान « Khabarhub

टीकापुरमा असल करदातालाई सम्मान


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका  एक संस्था र २४ जनालाई  सम्मान गरेका हुन् ।

यसरी सम्मानित हुनेमा पूर्णबहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाईँ, गौरीशङ्कर चौधरी, जानकीदेवी सेठी, रामेश्वर थारू, सीता चौधरी, कृष्णबहादुर रावल, पदमबहादुर बम, शिवलाल चौधरी, ललिता कोइराला, प्रेमबहादुर चौधरी, सावित्री विष्ट, कृष्णप्रसाद चौधरी, युनिक नेपाल लघुवित्त संस्था लिमिटेड शाखा, दानबहादुर चौधरी, मुन्नालाल चौधरी छन् ।

यसैगरी विश्राम कुश्मी, डबलबहादुर रावल, पवित्रादेवी शाह, बाबुराम चौधरी, नन्दसिंह साउद, सन्तराम चौधरी, खुशीराम डगौरा थारू, पार्वती बुढालाई सम्मान गरिएको छ ।

सम्मानित रावलले कर बुझाउँदा पहिलो चौमासिक र दोस्रो चौमासिकमा बुझाउनेलाई छुटको व्यवस्था गरेमा कर समयमै बुझाउने बानी विकास हुने बताए ।

यसैगरी सम्मानित चौधरीले कर समयमै तिर्नुपर्ने जनाउँदै नागरिकले तिरेको कर सबैलाई काम लाग्ने गरी उपलब्धि देखिनुपर्ने बताए ।

नगर प्रमुख थारूले नियमित कर बुझाउने नागरिक असल करदाता भएका जनाउँदै कर बुझाएको रकम विकासका लागि आउने भएकाले, समयमै कर बुझाउने करदातालाई धन्यवाद दिए ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ३० बजे

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका

कांग्रेस,एमाले र नेकपा भन्छन्: प्रतिनिधिसभामा गठबन्धन गरेर जाने छलफल भएको छैन

काठमाडौं – गणतन्त्र पक्षधर दलले राष्ट्रिय सभामा भागबण्डा मिलाएर जाने

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको