महानगरबाट साउनमा ७२० जनाले लिए निःशुल्क आयुर्वेद औषधि  « Khabarhub

महानगरबाट साउनमा ७२० जनाले लिए निःशुल्क आयुर्वेद औषधि 


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । बबरमहलमा वडा कार्यालय रहेको भवनको भुईँ तलामा केन्द्र स्थापना गरिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्धन गर्ने महानगरपालिकाको नीतिअनुरूप केन्द्र स्थापना गरिएको जानकारी दिँदै आरोग्य जीवन स्वर्णिम योजनाका फोकल पर्सन तथा वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीले चालु आर्थिक वर्षमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवाका लागि निःशुल्क वितरण गर्न २३ प्रकारका आयुर्वेद औषधी तोकेको छ । यसमध्ये केन्द्रबाट २० प्रकारका औषधी वितरण गर्ने गरिएको छ । केन्द्रका वैद्य निरीक्षक मञ्जुश्री ठाकुर भन्छिन्, ‘साउन महिनाभरिमा ७२० जनाले निःशुल्क औषधी लिनुभयो ।’ उनका अनुसार सबैभन्दा धेरै ग्याष्ट्रिकका लागि औषधी माग हुने गरेको छ । यसपछि पिनास र बाथ रोगका बिरामी धेरै आउँछन् ।

केन्द्रमा वैद्य निरीक्षक ठाकुरसँगै वरिष्ठ वैद्य पार्वती रावल कार्यरत छिन्  । यहाँ आएर परामर्श गरेको, औषधी लिएको कुनै पनि शुल्क लाग्दैन । वैद्य रावल भन्छिन् , ‘आयुर्वेद पूर्वकर्म सेवा सञ्चालन गर्ने तयारीमा छौँ ।’

पूर्व कर्म, निःशुल्क औषधी वितरणसहित केन्द्रबाट आयुर्वेद चिकित्सकसहितको नियमित ओपिडी सेवा, अकुपङ्चर सेवा, योग परामर्शसहित आरोग्य जीवनसँग सम्बन्धित परामर्श र स्वास्थ्य प्रवर्धन सेवा वितरण गर्ने तयारी छ ।

आधारभूत स्वास्थ्य सेवामा नागरिकको निःशुल्क पहुँचलाई नेपालको संविधानको मौलिक हकमा सुनिश्चित गरिएको छ । यसमा आयुर्वेद र वैकल्पिक चिकित्सा सेवा पनि पर्दछ । महानगरपालिकाले गुणस्तरीय निःशुल्क वैकल्पिक चिकित्साको प्रवर्धन गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  २ : २१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच