आजका समाचार : प्रधानमन्त्रीले स्वीकारे कमजोरी, दुर्गा प्रसाईँ छुट्दा मेयर जेलतिर र लेबनानमा चर्कियो युद्ध | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्रीले स्वीकारे कमजोरी, दुर्गा प्रसाईँ छुट्दा मेयर जेलतिर र लेबनानमा चर्कियो युद्ध


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

सरकारको योजना : दुई दिनभित्र खोज(उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत
प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानपीडितलाई राहत वितरण सुरु गरिएको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा उनले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य दुई दिनभित्र गरिसक्ने पनि बताएका छन् ।


प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने बताए । विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको उनले बताए ।

क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत् आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

राहत र पुनर्स्थापनाको काम अगाडि बढाउन समितिको निर्देशन

बाढी पसेर क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालय हेर्न पुगे ओली

हवाई जहाजको भाडा नियन्त्रण गर्न अनेरास्ववियुको माग

कांग्रेस दलको बैठकमा बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ

कांग्रेसले सरकारलाई भन्यो- बाढीपीडितको राहत र उद्धारलाई तीव्रता दिनू
नेपाली कांग्रेसले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपद्का घटनाप्रति दुस्ख व्यक्त गर्दै राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए ।


बैठकले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दै राजमार्ग अवरुद्ध हुँदा अलपत्र नागरिकको उद्धार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन सरकारलाई आग्रह गर्दै बैठकले मृत्यु भएका र बेपत्ता व्यक्तिलाई राहत दिन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।

लेबनानमा रहेका नेपालीको सुरक्षामा कांग्रेसको चासो

गगनसहितका सांसदहरूले गरे आलोचना, सरकार पूर्वतयारीमा चुकेको जिकिर

समाजवादी विश्व सम्मेलनमा भाग लिन चिली जाँदै उपेन्द्र यादव

नख्खु घटनाबारे गृहमन्त्रीको जवाफ-सशस्त्रको बोट पल्टिँदा उद्धारमा ढिलाइ भयो

कांग्रेस दलको बैठकमा बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ

एक लाख धरौटीमा छुटे दुर्गा प्रसाईं, समर्थकले गरे स्वागत
जिल्ला अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या हुनेगरी सार्वजनिक अभिव्यक्ति दिएपछि साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो । अदालतको आदेशसँगै प्रसाईं मंगलबार नै धरौटी बुझाएर रिहा भएका छन् ।

(तस्बिरहरू)

सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

ऊर्जामन्त्रीसँग नर्वेका राजदूतको शिष्टाचार भेट

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक सहयोग गर्ने

बाढीपहिरो पीडितका लागि राष्ट्रिय वाणिज्य बैँकले दियो दुई करोड

बाढीले बेहाल बागमतीको सुकुम्बासी बस्ती (तस्बिरहरू)

बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नेपालथोकमा शनिबार आएको रोशी खोलाको बाढीले सडक बगाएपछि अस्थायी ट्रयाक खोल्न थालिएको छ ।

सडक विभागले मंगलबारदेखि बीपी राजमार्गको नेपालथोकबाट सडकको अस्थायी ट्र्याक खोल्न थालेको हो । त्यसका लागि रोशी खोलाभित्रै डोजर परिचालन गरिएको छ ।


पहिले डोजरले रोशीको बहावलाई पूर्वतर्फ धकेलेपछि नदीको पश्चिम किनाराबाट अस्थायी ट्रयाक खोल्न लागिएको हो । नेपालथोकमा रोशीले बीपी राजमार्गको दुई सय मिटरभन्दा धेरै सडक पूरै बगाएर लगेको छ । बीपी राजमार्गमा रोशीले यहाँ सबैभन्दा धेरै क्षति गरेको छ

हवाई उडानमा नयाँ रेकर्ड : एकैदिन साढे पाँच सय उडान

केही सडक आंशिक खुले, केही अझै अवरुद्ध

नवलपरासीको दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो

तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प

जापानका प्रधानमन्त्री किशिदाले दिए राजीनामा, नयाँ सरकार गठन हुँदै
जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्युजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पूर्वसन्ध्यामा राजीनामा दिएको हो ।

किशिदा सन् २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बनेका थिए । उनले योशिहिदी सुगाको स्थान लिएका थिए ।


सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा इशिबा शिगेरु चयन भएपछि अब उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले आजै प्रधानमन्त्रीको नियुक्ति लिएर पद सम्हाल्ने जनाइएको छ ।

शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।

जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत अन्तिम चरणको मतदान

आफ्ना नागरिकलाई अष्ट्रेलियाले भन्यो- लेबनान छोड्नू

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय नाघ्यो

इरानमा बाढीका कारण १५ जनाको मृत्यु

साइबर अपराध नियन्त्रणका लागि चीनले धेरै प्रयास गर्नुपर्छ : फिलिपिनी सिनेटर

गुगल भारतमा थप अवसरको खोजीमा छ : प्रमुख कार्यकारी पिचाइ

नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ

पाकिस्तानमा संसद्सँग कुनै अधिकार छैन : एमक्यूएम प्रमुख हुसैन

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ५८ बजे

बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर

धुलिखेल – नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन आवश्यक : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु

हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडक सुचारु

बागमती– त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ  खण्डमा आज बिहानदेखि यातायातका साधन

एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख

काठमाडौं– नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढीपहिरो र