ट्रम्पका राजनीतिक सल्लाहकारको फोनमा चिनियाँ ह्याकरको पहुँच « Khabarhub

ट्रम्पका राजनीतिक सल्लाहकारको फोनमा चिनियाँ ह्याकरको पहुँच


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपतीय निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका राजनीतिक सल्लाहकारको फोन ह्याक भएको छ । चिनियाँ ह्याकरले ट्रम्पका राजनीतिक सल्लाहकारको फोन ह्याक गरेको वाशिंटन पोस्टले जनाएको छ ।

ती राजनीतिक सल्लाहकारको नाम भने खुलाइएको छैन । यसअघि ट्रम्प र उनका उपराष्ट्रपति प्रत्याशी जेडी भान्ससहित विभिन्न राजनीतिक व्यक्तित्वको फोनलाई निशाना बनाइएको अमेरिकी सञ्चार माध्यममा समाचार सार्वजनिक भएको थियो । उनीहरूले प्रयोग गर्ने भेरिजनको फोन प्रणालीलाई लक्षित गरी अनुचित पहुँच पुर्याउने प्रयास भएको समाचारमा जनाइएको थियो ।

अमेरिकी संघीय जाँचबुझ निकाय एफबीआई र साइबर सुरक्षा एवम् पूर्वाधार सुरक्षा निकायले चीनसँग आबद्ध भएका व्यक्तिहरूले व्यवसायिक दूरसञ्चार पूर्वाधारमा अनुचित पहुँच पुर्‍याउने प्रयास गरेको उल्लेख गरेको थिए । यद्यपि ती निकायले ट्रम्पको चुनावी अभियानलाई लक्षित गरी त्यसो गरिएको जनाएका थिएनन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चिनियाँ ह्याकरले डेमोक्र्याटिक उम्मेदवार एवम् उपराष्ट्रपति कमला ह्यारिससँग आबद्ध व्यक्तित्वको फोनलाई पनि निशाना बनाएको जनाएको छ ।

ती ह्याकरहरुले ट्रम्पका  राजनीतिक सल्लाहकारको टेलिफोन श्रव्य सामग्री र टेक्स्ट म्यासेजमा पनि पहुँच पुर्‍याएको वाशिंटन पोस्टले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ८ : ३३ बजे

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको