जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिना जेल सजाय « Khabarhub

जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिना जेल सजाय


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागु गरिएको छ ।

शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानूनको उल्लङ्घन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएको छ ।

जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको समयमा मानिसहरूले सार्वजनिक यातायातको सट्टा साइकल बढी प्रयोग गर्न थालेका छन् ।

त्यसपछि जापानमा साइकल यात्रुको दुर्घटना बढेको छ । जापानमा लागू भएको यो नयाँ नियमअनुसार साइकल चलाउँदा मदिरा सेवन गरेमा तीन वर्षसम्मको सजाय र ५ लाख यान जरिवानाको व्यवस्था गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जापानमा २०२३ मा ७२ हजार भन्दा बढी साइकल दुर्घटनाहरू रेकर्ड भएका थिए, जुन देशमा हुने सबै ट्राफिक दुर्घटनाको २० प्रतिशतभन्दा बढी हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ४ : ३१ बजे

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको