लेबनान र इजरायलबीच भएको यद्धविराम सम्झौताको भारतद्वारा स्वागत « Khabarhub

लेबनान र इजरायलबीच भएको यद्धविराम सम्झौताको भारतद्वारा स्वागत


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लेबनान र इजरायलबीच भएको यद्धविराम सम्झौताको भारतले स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले युद्धविराम सम्झौताको भारतले स्वागत गरेको जनाएका हुन् ।

भारतीय विदेश मन्त्रालयले आफ्नो मुलुक सो क्षेत्रमा शान्ति र स्थीरताको पक्षमा रहेको स्पष्ट पारेको छ । मन्त्रालयले कुनै पनि द्वन्द्वको समाधान कूटनीति र वार्ताबाट हुनुपर्ने जनाएको छ ।

यसअघि लेबनान र इजरायलबीच युद्धविराम गर्न सहमत भएका थिए । यस युद्धविराम सम्झौताले इजरायलले लेबनानको शिया लडाकु समूह हेजबोल्लाहविरुद्ध जारी राखेको सैन्य कारवाही स्थगित हुनेछ । त्यसैगरी, सम्झौतसँगै हेजबोल्लाहले पनि इजरायलमाथि रकेट आक्रमणलाई स्थगित गर्नेछ ।

यसअघि भारतीय विदेश मन्त्रालयले पश्चिम एशियामा द्वन्द्व बढ्दै गएको र त्यहाँ रहेका भारतीय नागरिकसँग नियमित सम्पर्कमा रहेको उल्लेख गरेको थियो । मन्त्रालयले आवश्यक यात्रा निर्देशन समेत जारी गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : २७ बजे

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५