इंग्लिस प्रिमियर लिग : लिभरपुलको अग्रता कायमै « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलको अग्रता कायमै


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा न्यूक्यासललाई ४–२ गोलले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलका मोहमद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले एक–एक गोल गरेका थिए । यस्तै, न्यूक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक–एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै पक्षले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको ४९औ मिनेटमा गोल गर्दै लिभरपुलका सलाहले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५४औँ मिनेटमा न्यूक्यासलका इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ७४औँ मिनेटमा कर्टिस र ७८औँ मिनेटमा कोडीले गोल गर्दै लिभरपुल ३–१ को अग्रता दिलाए ।

त्यसपछि ८१औँ मिनेटमा न्यूक्यासलका बोटम्यानले गोल गरे पनि न्यूक्यासललाई हारबाट जोगाउन सकेनन् ।

यो खेलपछि लिभरपुल २० खेलबाट ४५ अंक जोडेर तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । भने पराजित भएको न्यूक्यासल २९ अंकका साथ तालिकाको नवौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ५७ बजे

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

राँझा– कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत

च्यासलमा खोलाको बहाव बढेपछि आवतजावतमा रोक (तस्बिरहरू)

काठमाडौं– ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालय आसपासको क्षेत्रमा खोलाको

नुवाकोटको धुन्चेमा त्रिशूली नदीले सतर्कता तह पार गर्यो, खतराको जोखिम

काठमाडौं– त्रिशूली नदीले नुवाकोट क्षेत्रमा सतर्कता तह पार गरेको छ

हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रको आह्वान

न्युयोर्क– बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट