नयाँ आशा र उत्साह बोकेर जनता हामीतिर फर्किएका छन् : माओवादी  « Khabarhub

नयाँ आशा र उत्साह बोकेर जनता हामीतिर फर्किएका छन् : माओवादी 


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी कार्यक्रमको समीक्षा गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भदौ १६ गतेदेखि थालिएको ‘जनतासँग माओवादी’ तीन महिने अभियानको जानकारी गराएको हो । 

माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यो अभियानले पार्टीमा उत्साह ल्याएको बताएका छन् । उनले भने, ‘तीन महिने अभियानले कार्यकर्तामा जागृति आएको छ। जनतामा आशा पलाएको छ। यो अभियानले चुनावका बेला मात्रै होइन, अरू बेला पनि माओवादी आउँदा रहेछन् भन्ने भएको छ ।  पार्टीबाट पलायन हुने कुरा रोकिएको छ। पार्टी प्रवेशको क्रम पनि बढेको बताएका छन् ।’ 

उनले जनता माओवादीतर्फ फर्किएको बताए । ‘अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ। जनता हामीतिर फर्किएका छन् । जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन्।’

उनले जनताले माओवादीलाई भ्रष्टाचार विरोधी अभियान गम्भीरतापूर्वक चलाउन पहल गर्न भनेको समेत बताए ।

यो पनि हेनुहोस्…..

‘माओवादी विघटन गरौं, प्रगतिशील विकल्प खोजौं’

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना