नयाँ आशा र उत्साह बोकेर जनता हामीतिर फर्किएका छन् : माओवादी  « Khabarhub

नयाँ आशा र उत्साह बोकेर जनता हामीतिर फर्किएका छन् : माओवादी 


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी कार्यक्रमको समीक्षा गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भदौ १६ गतेदेखि थालिएको ‘जनतासँग माओवादी’ तीन महिने अभियानको जानकारी गराएको हो । 

माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यो अभियानले पार्टीमा उत्साह ल्याएको बताएका छन् । उनले भने, ‘तीन महिने अभियानले कार्यकर्तामा जागृति आएको छ। जनतामा आशा पलाएको छ। यो अभियानले चुनावका बेला मात्रै होइन, अरू बेला पनि माओवादी आउँदा रहेछन् भन्ने भएको छ ।  पार्टीबाट पलायन हुने कुरा रोकिएको छ। पार्टी प्रवेशको क्रम पनि बढेको बताएका छन् ।’ 

उनले जनता माओवादीतर्फ फर्किएको बताए । ‘अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ। जनता हामीतिर फर्किएका छन् । जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन्।’

उनले जनताले माओवादीलाई भ्रष्टाचार विरोधी अभियान गम्भीरतापूर्वक चलाउन पहल गर्न भनेको समेत बताए ।

यो पनि हेनुहोस्…..

‘माओवादी विघटन गरौं, प्रगतिशील विकल्प खोजौं’

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : २० बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले