पाकिस्तानसँग सम्बन्ध हार्दिक बनाउन भारत इच्छुक « Khabarhub

पाकिस्तानसँग सम्बन्ध हार्दिक बनाउन भारत इच्छुक


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासाङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले आतंकवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताएका छन् ।

एएनआईसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशंकरले भारत पाकिस्तानसँग सम्झौता गर्न इच्छुक नरहेको बताउँदै आतङ्क र शत्रुतामुक्त वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् । 

पाकिस्तानसँगको मोदी सरकारको दृष्टिकोणलाई उल्लेख गदै उनले सीमापार आतङ्कवादलाई नसहने बताएका छन् । पाकिस्तानले दशकौँ अघिदेखि भारतलाई टेबुलमा ल्याउन सीमापार आतङ्कवादको प्रयोग गरेको बताउँदै आफूहरूले  त्यस्ता विषय अप्रासाङ्गिक बनाएको बताएका छन् । पाकिस्तान आफ्नो नजिकको छिमेकी भएको स्वीकार गर्दै उनले पाकिस्तानले  तयार पारेका शर्तहरूको आधारमा व्यवहार नगर्ने बताएका छन् । 

भारतले गत वर्ष अगस्टमा पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण बनाउनका लागि आतंकवाद र शत्रुतामुक्त वातावरण आवश्यक रहेको बताएको थियो ।
मन्त्री जयशंकरले एएनआईसँगको अन्तर्वार्तामा पाकिस्तानको भविष्य पाकिस्तानको आफ्नै कार्य र छनौटबाट निर्धारण हुने भन्दै छिमेकीको हैसियतले आर्थिक समस्याबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् । 

आर्थिक संकटबाट गुज्रेको श्रीलंकालाई भारतले गरेको सहयोगको सन्दर्भ उल्लेख गर्दै श्रीलंकासँग एकदमै फरक सम्बन्ध भएको बताएका छन् ।
पाकिस्तानको अवस्था तथा भविष्य धेरै हदसम्म पाकिस्तानकै क्रियाकलापले निर्धारण गर्ने जिकिर गर्दै उनले कोही पनि अचानक कठिन परिस्थितिमा नपुग्ने बताएका छन् । 

पछिल्लो समयमा घट्दो, विदेशी मुद्रा सञ्चिति, उच्च मुद्रास्फीति तथा मुद्राको तीव्र अवमूल्यन लगायतका आर्थिक कठिनाइसँग पाकिस्तान जुधिरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ३ : ३२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक