नारायणी र राप्तीमा भेटिए दुई सय ६५ गोही र तीन डल्फिन « Khabarhub

नारायणी र राप्तीमा भेटिए दुई सय ६५ गोही र तीन डल्फिन


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा दुई सय ६५ घडियाल गोही र तीन वटा डल्फिन भेटिएका छन् । 

नारायणीमा तीन भालेसहित एक सय १३ र राप्तीमा तीन भालेसहित एक सय ५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार पुस १ गतेदेखि १५ गतेसम्म दुई नदीमा घडियाल अनुगमन गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका १० जना कर्मचारी अनुगमनमा खटिएको उनले जानकारी दिए ।

घडियाल अनुगमनमा काठ र रबरको डुङ्गा, जिपिएस, क्यामरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग भएका थिए । अनुगमनका क्रममा तीन वटा डल्फिनसमेत ‘रेकर्ड’ गरिएको तिवारीले जानकारी दिए । यहाँका दुई नदीमा भाले गोहीको अभाव भएपछि विसं २०७४ को पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो ।

हरेक वर्ष यसै समय नदीमा गोहीको अनुगमन गर्ने गरिन्छ । निकुञ्जका घडियाल गोही प्रजनन् केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतकको नेतृत्वको टोलीले अनुगमन गर्ने गर्दछ । अनुगमनका क्रममा देखिएका कमी कमजोरीलाई सुधार गरी संरक्षणमा जुट्ने गरिन्छ । तिवारीका अनुसार आउँदो चैत–वैशाखमा नदी किनारमा गोहीको अण्डा संकलन गरेर कसरास्थित प्रजनन् केन्द्रमा बच्चा कोरल्ने गरिन्छ । त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छोड्ने गरिएको छ ।

संकटापन्न अवस्थामा रहेका घडियाल गोही संरक्षणका लागि प्रजनन् केन्द्र स्थापना गरिएको हो । हरेक वर्ष नदीमा गोही छाडिने भए पनि भारत पुगेका गोही बाँधका कारण फर्किन नसक्ने भएकाले उल्लेख्य रुपमा वृद्धि हुन नसकेको उनको भनाइ छ । माछा मार्ने जालमा परेर, अनधिकृत रुपमा ढुङ्गा गिट्टीको उत्खनन् लगायत मानवीय अतिक्रमणका कारण घडियाल गोही संरक्षणमा समस्या पर्ने गरेको छ ।  

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ०८ बजे

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि