रूपन्देहीमा थप ३ अस्थायी प्रहरी युनिट स्थापना « Khabarhub

रूपन्देहीमा थप ३ अस्थायी प्रहरी युनिट स्थापना


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले समुदायको सहयोग बिना प्रहरी बाँच्न नसकिने बताएका छन  

रुपन्देहीको देवदह-१ ढेकावारमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै डिआइजी कडायतले सकारात्मक रुपमा कानुनत र निर्दिष्ट आम नागरिकको सेवा, अपराध अनुसन्धान, शान्ति सुरक्षा र  विकासको सवालमा प्रहरीको सक्रियतामा आम नागरिकको सहयोगको आधारले विकास निर्भर रहने बताए । 

प्रहरीले सेवा प्रभावित गर्दा समुदायसँगको सहकार्य समुदाय प्रतिको विश्वास र प्रगाढपन पछिल्लो पटक देखिएको आम नागरिक प्रति देखिँदै गएको नैरस्यापन, नकारात्मक सोचलाई अझ कम कसरी गर्न सकिन्छ भन्ने तिर यहाँको प्रहरी लक्षित हुन जरुरी रहेको बताए । स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने अपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगति सबै न्यूनिकरण र नियन्त्रण गर्न सकिने बताए ।

नेपाल प्रहरी प्रधान कार्यालयले १० महिना अगाडि अस्थायी प्रहरी पोस्टको रुपमा स्वीकृत भई गरी बैशाख १९ गतेबाट भाडाको घरमा बसोबास गरी सेवा प्रवाह गर्दै आएको थियो । खैरेनी र धकधई करिब २० किलोमिटरको दूरीमा प्रहरी युनिट नभएकोले सुरक्षा युनिट आवश्यकताको महसुस गरी देवदह नगरपालिकाको नियमित बजेट १८ लाख र स्थानीय जनसमुदायको सहयोगमा आफ्नै ५ कोठे भवन सहितको अस्थायी प्रहरी पोस्ट उद्घाटन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विश्वकर्माले भने ।

रूपन्देही प्रहरीले यसै वर्षमा रूपन्देहीका तीन ठाँउमा प्रहरी युनिट स्थापना गरेको छ । जिल्लाको सियारी गाउँपालिका अन्र्तगत छपिया, सैनामैना नगरपालिका अन्तर्गतत रामापुरमा र देवदह नगरपालिकाको ढेकावरमा प्रहरी चौकीहरु स्थापना गरेसँगै रूपन्देहीमा नेपाल प्रहरीका ८४ वटा युनिट भएका छन । स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर विश्वकर्माको अध्यक्षता प्रहरी निरीक्षक दिपेन्द्र बानियाँको सञ्चालनमा भएको कार्यक्रममा देवदह नगरपालिकाकी उप–प्रमुख बिद्या लक्ष्मी गुरुङ्ग, रुपन्देहीका सहायक प्रमुख जिल्ला अपिपधकारी ध्रुव बहादुर कुंवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले बोलेका थिए । 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : ४२ बजे

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप