तीन महिनाको अनुसन्धानपछि चौधरीलाई पक्राउ गरेका हौँ : सीआईबी | Khabarhub Khabarhub

तीन महिनाको अनुसन्धानपछि चौधरीलाई पक्राउ गरेका हौँ : सीआईबी


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन महिनाको अनुसन्धानपछि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको बताएको छ । व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला सीआईबीले यस्तो प्रष्टोक्ति दिएको हो ।

बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । उनीहरुलाई बिनाअनुसन्धान पक्राउ गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका थिए ।

तर, शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरी र थापासहितलाई पक्राउ गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिएका हुन् ।

च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत सेयर अरुण चौधरी समूहले खरिद गरेको पाइएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरुण समूहले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : ५७ बजे

एनपीएलको पहिलो खेलमै राम्रो सुरुवात भयो: करण केसी

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा जनकपुर

शेख हसिनाबारे भारतले भन्यो : हामी बंगलादेशको घटनाक्रमलाई नियालिरहेका छौँ

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले बंगलादेशको पूर्व प्रधानमन्त्री शेख

राजेन्द्र लिङ्देन भन्छन्ः देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक

कास्की – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई

काठमाडौँ महानगरले वडा कार्यालयमार्फत संस्थागत बहाल कर उठाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण संघरसंस्था, बहुउद्देश्यीय भवन तथा व्यावसायिक

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

कञ्चनपुर – कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ