जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्छ : सांसद सापकोटा « Khabarhub

जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्छ : सांसद सापकोटा


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बैठकमा बोल्दै उनले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावबारे संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।

‘आउँदै गरेको वर्षातका जोखिमहरू र त्यसका पूर्वतयारीका बारेमा सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण होस् । सरकारले यसबारेमा सोचोस् । हामीले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर, प्रभावहरूका बारेमा यो संसदको आफ्नो भूमिका के रहने ?,’ सापकोटाले भने, ‘र त्यो भूमिकाका बारेमा पनि संसदभित्र गहनतापूर्वक छलफल होस् र एउटा निष्कर्षका साथ हामी अगाडी जाऔँ । त्यो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गरौँ भनेर अनुरोध गर्न चाहन्छु ।’

उनले २०७८ साल असार १ गते मेलम्चीमा आएको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत हालसम्म नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु कि ०७८ साल असार १ गते जुन बाढी, पहिरो आयो सबभन्दा पहिला त त्यो करिडोर क्षेत्रका इन्द्रावती र मेलम्ची क्षेत्रका बासिन्दाहरूले पाउनुपर्ने क्षतिपूर्ति र राहत लगायतका विषयहरूका बारेमा कुनै सम्बोधन भएको छैन,’ सापकोटाले भने, ‘यसका बारेमा सम्बोधन होस् ।’

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १ : ०७ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी