जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्छ : सांसद सापकोटा « Khabarhub

जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्छ : सांसद सापकोटा


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बैठकमा बोल्दै उनले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावबारे संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।

‘आउँदै गरेको वर्षातका जोखिमहरू र त्यसका पूर्वतयारीका बारेमा सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण होस् । सरकारले यसबारेमा सोचोस् । हामीले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर, प्रभावहरूका बारेमा यो संसदको आफ्नो भूमिका के रहने ?,’ सापकोटाले भने, ‘र त्यो भूमिकाका बारेमा पनि संसदभित्र गहनतापूर्वक छलफल होस् र एउटा निष्कर्षका साथ हामी अगाडी जाऔँ । त्यो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गरौँ भनेर अनुरोध गर्न चाहन्छु ।’

उनले २०७८ साल असार १ गते मेलम्चीमा आएको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत हालसम्म नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु कि ०७८ साल असार १ गते जुन बाढी, पहिरो आयो सबभन्दा पहिला त त्यो करिडोर क्षेत्रका इन्द्रावती र मेलम्ची क्षेत्रका बासिन्दाहरूले पाउनुपर्ने क्षतिपूर्ति र राहत लगायतका विषयहरूका बारेमा कुनै सम्बोधन भएको छैन,’ सापकोटाले भने, ‘यसका बारेमा सम्बोधन होस् ।’

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १ : ०७ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ