समयमै पार्टीको महाधिवेशन हुन्छ : एकीकृत समाजवादी « Khabarhub

समयमै पार्टीको महाधिवेशन हुन्छ : एकीकृत समाजवादी


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन समयमै हुने कुरामा दुबिधा नरहेको प्रस्ट पारेको छ ।

आज बानेश्वरका आयोजित पत्रकार सम्मेलनपछि खबरहबसँग कुरा गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनाल र पार्टी अध्यक्ष माधव नेपालले अव महाधिवेशन नसर्ने दाबी गरेका हुन् ।

एकीकृत समाजवादी पार्टीको १० औँ महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने छ । सो महाधिवेशनका लागि पार्टीले हल समेत बुक गरिरहेको प्रचार विभाग सदस्य लेखनाथ खतिवडाको भनाइ छ ।

पछिल्लो समय महाधिवेशनमा झलनाथ खनाल र माधव नेपालबीच अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा हुने बताइएको छ ।

खनाल अध्यक्षका दाबेदार रहँदा सहमति जुटाउन नेपालले महाधिवेशन सार्न सक्ने धेरैले आंकलन गरेका छन् ।

तर आइतबार नेपालले समयमै महाधिवेशन गर्न तयारी जुटेको बताए ।

यस्तै, नेता खनालले अब कुनै पनि हालतमा महाधिवेशन नसर्ने बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ३ : २९ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका