भारतीयका फिल्मका भिलेन ‘हस्व दीर्घ’मा अभिनय गर्न काठमाडौंमा | Khabarhub Khabarhub

भारतीयका फिल्मका भिलेन ‘हस्व दीर्घ’मा अभिनय गर्न काठमाडौंमा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘हस्व दीर्घ’ मा अभिनय गर्न भारतीय कलाकारहरू काठमाडौं आइपुगेका छन् । चौथो चरणको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप रावत र सुनील वर्मा काठमाडौं आएका हुन् । 

निर्माण पक्षले सोमबार ललितपुरको एक होटलमा पत्रकार सम्मेलन गरी अन्तिम चरणको छायांकनका लागि उनीहरु काठमाडौं आएको जानकारी दिएको हो । सुनील दक्षिण भारतीय फिल्म ‘पुष्पा’का मुख्य मध्येका एक खलपात्र हुन् । त्यस्तै, प्रदीप बलिउड फिल्म ‘गजनी’का खलपात्र हुन् । 

आइतबारबाट सुरु भएको छायांकन ४ दिनमा सकिने निर्देशक चन्द्र पन्तले जानकारी दिए । उनका अनुसार काठमाडौंका केही स्थानमा अन्तिम चरणको छायांकन बाँकी रहेको छ । ‘ललितपुरबाट हामीले छायांकन सुरु गर्यौं । लगभग छायांकन पूरा भयो,’ निर्देशक पन्तले भने ।

प्रदीप र सुनीलको अंशको छायांकन भइरहेको फिल्मकी नायिकासमेत रहेकी नीताले बताइन् । त्यस्तै, प्रदीपले फिल्ममा आफू नीताको बुवाको भूमिका निर्वाह गरेको जानकारी दिए । साथै उनले नीताको अभिनयको प्रशंसासमेत गरे । उनले भने, ‘हामीले यसअघि फिल्म माहीमा पनि स्क्रिन सेयर गरेका थियौं । उहाँ बालकलाकार हुँदादेखि नै राम्रो अभिनय गर्नुहुन्थ्यो, त्यसको जानकारी मलाई छ ।’

सुनील वर्माले नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘हस्व दीर्घले नेपाली फिल्मलाई भारतीय सिनेमा उद्योगसँग जोड्ने पुलको काम गरेको छ । यो दशैंमा हामीले तपाईंहरुलाई कोसेली फिल्म लिएर आएका छौं ।’ 

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसै फिल्मबाट पन्तले निर्देशनमा डेब्यु गर्न लागेका हुन् । 

फिल्ममा नीता, प्रदीप, सुनीलसहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईंटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

यस फिल्मको कथा अभिनेता हरिहर अधिकारीको हो । पटकथा तथा संवाद भने हरिहर, प्रतीक पौडेल र निर्देशक पन्त मिलेर लेखेका हुन् । 

नेपाली, तेलुगु र हिन्दी भाषामा फिल्म निर्माण हुने बताइएको छ । नेपालका लागि प्रदर्शन मिति आगामी असोज ३ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : ५५ बजे

पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि

पाटन– ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन

सुनसरीको हरिनगरमा दुई समूहबीच झडप, हिंसा रोक्न सेनासहितको संयुक्त गस्ती

सुनसरी- सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका वडा नं. २ रामनगर भुटाहामा

सुपरस्टार जोडी शाहरुख–सलमान सँगै फिल्ममा ?

काठमाडौं– बलिउड  सुपरस्टार शाहरुख खानले चार वर्षको लामो ब्रेकपछि २०२३

फागुन २१ मै निर्वाचन : के भन्छन् दलका नेताहरू ?

काठमाडौं– राजनीतिक दलका नेताहरूले ‘जेन-जी’ आन्दोलनका क्रममा लुटपाट भएका सुरक्षाकर्मीका

सानेपामा तरुण दलको चियापान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७३ औं