बाबुरामको नजरमा गिरिजा- हेर्दा कठोर, तर असाध्यै मायालु ! | Khabarhub Khabarhub

बाबुरामको नजरमा गिरिजा- हेर्दा कठोर, तर असाध्यै मायालु !


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

गिरिजाबाबु हामी सबैले सम्मान स्नेहले भन्ने गर्‍थ्यौँ । उहाँ त मेरो बुवा–आमाको पुस्ताको मान्छे । उहाँ १९८१ सालमा जन्मिनुभएको, मेरी आमा १९८३ सालमा जन्मिनुभएको रहेछ र मेरो बुवा १९८७ सालमा । त्यसैले मेरो बुवाको, आमाको पुस्ताको भएर पनि हामी उहाँलाई स्नेहपूर्वक र सम्मानपूर्वक गिरिजाबाबु भन्थ्यौं ।

उहाँसँग मेरो पहिलो भेटघाट कसरी भयो भन्ने जहाँसम्म प्रसंग छ, मैले धेरै पटक भनेको छु, खासगरी कांग्रेसवृत्तका साथीहरूसँग पहिले पनि भनेको छु । मेरो चेतना २०३४, ०३५ सालसम्म नेपालमा निरंकुश राजतन्त्र अन्य नभएसम्म प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, केही पनि आउँदैन, त्यसैले राजालाई फँयाक्नु पर्छ भन्ने मात्रै चेतना मेरो थियो ।

त्यसक्रममा २०३४ सालमा म ‘अलइन्डिया नेप्लिज स्टुडेन्ट एसोसिसन’ को अध्यक्ष भएपछि बीपी कोइरालालाई यहाँ पञ्चायती व्यवस्थाले थुनामा राखेको थियो । उहाँको स्वास्थ्य बिग्रिएर उपचारका लागि जानुपर्ने थियो । त्यही विषयलाई लिएर मैले आफैँले स्वेच्छाले बीपी कोइरालालाई उपचार गर्न जान दिनपर्छ र रिहाइ गर्नुपर्छ भनेर वक्तव्य दिएँ । दिल्लीबाट, म दिल्लीमा पढ्थेँ ।

त्यसले ठूलो हंगामा ल्यायो । गोरखापत्र हेर्नुभयो भने तपाईंले पाउनुहुन्छ । मेरोविरुद्धमा भर्खरको २३–२४ वर्षको केटो थिएँ, मेरो एउटा वक्तव्यले पूरै पञ्चायती व्यवस्था हल्लियो । रेडियो, गोरखापत्र सबैले भर्त्सना गरे । मण्डलेतन्त्र जुन थियो त्यसले निकै चर्चामा ल्यायो ।

त्यसपछि उहाँहरूले को केटो रहेछ यो ? यस्तो बोल्ने आँट गर्‍यो भनेर प्रवासमा रहनुभएका कांग्रेसका साथीहरूले खोज्नुभएछ र अनि उहाँ म भएको ठाउँमा आइपुग्नुभयो । त्यसरी त्यही क्रममा बीपी छुट्नुभयो । उहाँहरू दिल्लीको साउथ एकसटेन्सनमा उहाँहरू बस्नुहुन्थ्यो । त्यही क्रममा गिरिजाबाबु, बीपी कोइराला, सुशील कोइराला, चक्र बाँस्तोलालगायतसँग मेरो भेटघाट भएको हो ।

त्यसपछि राजतन्त्रसँग लडाईं लड्नपर्छ भन्ने मेरो मान्यता थियो । तर, बीपीले राजासँग मेलमिलाप भनेको कुरामा सहमति बन्न सकेन । त्यसक्रममा दुर्गा सुवेदी, प्रदीप गिरिलगायतका कांग्रेसका युवा नेताहरू हुनुहुन्थ्यो, उहाँहरूसँग मिलेर हामी फेरि बीपीको गणतन्त्र छोड्ने नीति ठीक छैन भन्नेमा पनि लाग्यौँ । त्यो अर्कै प्रसंग भयो ।

र, मैले खाली गिरिजाबाबुसँग मात्रै जोड्न खोज्दा उहाँ साह्रै स्नेही प्रकृतिको मान्छे हुनुहुन्थ्यो । हेर्दा बडो कठोरजस्तो लाग्ने तर असाध्यै मायालु, माया गर्ने, हामी त उहाँका छोरा जस्ता पनि भयौँ । र, विद्यार्थी संघको अध्यक्ष हुनुको नाताले भारतभरका विद्यार्थीका समस्या लिएर जानुपर्‍थ्यो । त्यतिबेला जुन भारतले आईसीसीआर भन्ने छात्रवृत्ति दिन्थ्यो, त्यसको निमित एप्लाई गर्ने, अलि ठूलो मान्छेले सिफारिस गरिदिएपछि पाउने सम्भावना हुन्थ्यो ।

मेरो गिरिजाबाबु, बीपीहरूसँग सम्बन्ध बढेको हुनाले विद्यार्थीहरू लौ भन्दिनू पर्‍यो भन्दै आउनुहुन्थ्यो । त्यसरी पनि लिएर म उहाँहरू कहाँ जाने गर्थेँ । र, उहाँले भनेर थुप्रै (छात्रवृत्ति) पाउनुभएको छ ।

रोचक विषय के छ भने हिसिला यमी स्वयमले पनि उहाँले पनि एप्लाई गरेपछि गिरिजाबाबुको सिफारिसमा (छात्रवृत्ति) पाउनुभएको छ । किनभने हिसिला यमीलाई उहाँले चिन्नुहुँदो रहेछ । त्यसरी सम्बन्ध बन्यो र पछि यहाँ आइसकेपछि पनि २०४५/०४६ सम्म हाम्रो राजनीतिक सँगसँगै मतभिन्नताका बावजुद अत्यन्तै निकट घरायसी सम्बन्ध, निजी सम्बन्ध रह्यो ।

यसअर्थमा म उहाँलाई आफ्नो पितातुल्य व्यक्तित्वको रुपमा हमेशा सम्मान गरेर सम्झन चाहन्छु ।

(पूर्वप्रधानम्त्री भट्टराईले नेपाली कांग्रेसको सञ्चार विभागद्वारा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी तथा अन्तरसंवाद कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : ०१ बजे

यस्तो छ मुकुल ढकाललाई संकटमा पार्ने उनकै प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- बुधबार राति मात्रै बहुमतको निर्णयबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र

महासचिव भुसालको तर्क- कांग्रेस-एमालेको सहमतिमा विश्वस्त हुने ठाउँ छैन, प्रचण्डलाई विश्वासको मत दिन्छौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको

व्यवसायीको अपेक्षा स्थिरता र लगानीमैत्री वातावरण

काठमाडौं– वि.सं. २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश बाँकी

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा

क्रसर व्यवसायी र सरकारबीच तीन बुँदे सहमति, उद्योगको नवीकरण हुने

काठमाडौं– बिभिन्न माग राख्दै आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच तीन