सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री लामिछाने छलफलमा जुटे | Khabarhub Khabarhub

सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री लामिछाने छलफलमा जुटे


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्तमान गठबन्धन सरकार ढल्ने निश्चित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरणमा नमिसिने निर्णय लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्तको तयारी गरिरहेका बेला लामिछानेले संवाद गरेका हुन् ।

दाहालले मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटिसकेका छन् । अहिले उनी गृहमन्त्री लामिछानेसँग छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री एमाले–कांग्रेस समीकरण बने पनि तत्काल सरकारबाट राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने बताएका छन् । दाहाल पछि नहट्ने भएपछि नयाँ समीकरणलाई पनि समस्या भएको छ ।

यसबीचमा दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको पनि चर्चा छ। उता उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक वर्षपछि स्वत: प्रधानमन्त्री हुने अवस्थामा समीकरण फेरबदलमा नलागेको भए हुन्थ्यो भनेर गुनासो राखेका थिए ।

दाहालले आफैं प्रधानमन्त्री बन्नु भनेपछि देउवाले ओलीसँग सहमति गरिसकेकाले अहिलेलाई सहकार्य सम्भावना सकिएको जवाफ दिएका छन् । तर दाहाल अझै पनि विश्वासको मतको ३० दिनको समयसम्म कांग्रेसलाई आफ्नो कित्तामा उभ्याउने कोसिसमा छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : ५५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस