सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री लामिछाने छलफलमा जुटे « Khabarhub

सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री लामिछाने छलफलमा जुटे


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्तमान गठबन्धन सरकार ढल्ने निश्चित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरणमा नमिसिने निर्णय लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्तको तयारी गरिरहेका बेला लामिछानेले संवाद गरेका हुन् ।

दाहालले मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटिसकेका छन् । अहिले उनी गृहमन्त्री लामिछानेसँग छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री एमाले–कांग्रेस समीकरण बने पनि तत्काल सरकारबाट राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने बताएका छन् । दाहाल पछि नहट्ने भएपछि नयाँ समीकरणलाई पनि समस्या भएको छ ।

यसबीचमा दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको पनि चर्चा छ। उता उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक वर्षपछि स्वत: प्रधानमन्त्री हुने अवस्थामा समीकरण फेरबदलमा नलागेको भए हुन्थ्यो भनेर गुनासो राखेका थिए ।

दाहालले आफैं प्रधानमन्त्री बन्नु भनेपछि देउवाले ओलीसँग सहमति गरिसकेकाले अहिलेलाई सहकार्य सम्भावना सकिएको जवाफ दिएका छन् । तर दाहाल अझै पनि विश्वासको मतको ३० दिनको समयसम्म कांग्रेसलाई आफ्नो कित्तामा उभ्याउने कोसिसमा छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : ५५ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण