विपद्मा ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले एक लाख दिने  « Khabarhub

विपद्मा ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले एक लाख दिने 


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– असोज ११ र १२ गतेको अविरल बर्खाका कारण आएको बाढी, पहिरो तथा डुबानमा परी दुःखद निधन भएकाहरूको परिवारलाई मधेश प्रदेश सरकारलाई एक लाख रुपैयाँका दरले राहत दिइने मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिएका छन् । उनले विपद्मा ज्यान गुमाउने मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकसन्तप्‍त परिवारप्रति गहिरो समवेदना प्रकटसमेत गरेका छन् । 

मुख्यमन्त्री सिंहले निरन्तर तथा तीव्र बर्खाका कारण बाढी, पहिरो तथा डुबानजन्य विपद्बाट प्रभावित प्रदेशवासीलाई राहत पुर्याउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले बर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनर्स्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहहरूलाई आग्रह गरेका छन् । 

मुख्यमन्त्री सिंहले विपद्का बेला मधेश प्रदेशमा खोज, उद्धार एवम् तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मी तथा अन्य क्षेत्रलाई धन्यवादसमेत दिएका छन् । 

मुख्यमन्त्री सिंहले यसअघि नै बर्खाबाढीबाट प्रभावित गाउँबस्तीमा पुनर्स्थापनाका काम गर्न स्थानीय तह र विभिन्न स्थानीय तहलाई कार्यक्षेत्र बनाई काम गर्दै आएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थालाई आह्वान गरेका थिए ।  

बर्खा र बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण संकलन भइरहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले त्यसअनुरूप राहत तथा पुनर्स्थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालयहरू तथा मातहतका निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ३६ बजे

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा