कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन | Khabarhub Khabarhub

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ । वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो । गिद्धका गुँड अनुगमनका लागि सङ्घका पदाधिकारी, कर्मचारी र स्वयंसेवक खटिएका छन् ।

‘राष्ट्रियस्तरमै प्रत्येक वर्षको यसै दिनदेखि गिद्धको अवस्था, गुँडको अवस्था, बासस्थानबारे अध्ययन अनुगमनको कार्य हुँदै आएको छ’, सङ्घका चराविज्ञ हिरुलाल डगौराले भने, ‘यसै अवसरमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गिद्धको गुँडको अवस्थाबारे अनुगमनको कार्य गरिरहेका छौँ ।’

उनका अनुसार कैलालीको खुटिया, बेली, जोनापुर र फकलपुर तथा कञ्चनपुरको लालझाडी, पर्सिया, कञ्ज, बन्साहा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गिद्धका गुँड अनुगमनको कार्य भइरहेको छ । कैलाली र कञ्चनपुरमा अनुगमनको कार्य पूरा भएपछि डडेल्धुरा र बैतडीमा पनि गिद्धको गुँड तथा अवस्थाका बारेमा अध्ययन अनुगमनको कार्य हुने उनले बताए।

गिद्धका गुँड अनुगमनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयसँग समन्वय गरिएको चराविज्ञ डगौराको भनाइ छ ।

‘क्यामेरा, बाइनाकुलर, टेलिस्कोप, जिपिएसको प्रयोग गरी अनुगमनको कार्य गर्छौं’, उनले भने, ‘यसबाट गुँड के कति छन् भन्ने जानकारी हुन्छ नै गिद्धको सङ्ख्या यकिन गर्ने कार्य पनि हुन्छ ।’

गत वर्षको अनुगमनमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गरी डङ्गर, सानो खैरो, सेतो, हाडखोर, हिमाली र सुन गिद्धका गरी एक सय ४३ गुँड फेला परेका थिए । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले डङ्गर, सानो खैरो र सुन गिद्धलाई अति सङ्कटापन्न तथा सेतो गिद्धलाई सङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ ।

विश्वमा २३ प्रजाति र नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । गिद्धले आफैँले सिकार नगरी मरेका जनावरको सिनो मात्रै खाने भएकाले यसलाई अहिंसक मांसाहारी पन्छीका रुपमा लिइने गरिन्छ ।

सिनो खाने भएकाले यसले पर्यावरण सन्तुलित राख्नमा मद्दत पुर्‍याउने गर्दछ । एक सर्भेक्षणअनुसार गिद्धले सिनोको खोजीमा दैनिक एक सय किलोमिटरको रेडियसको दूरीमा उड्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : २४ बजे

रास्वपालाई जम्मा ३४०९ भोट, ०८४ मा कांग्रेस–एमालेलाई पुग्ला त चोट ?

काठमाडौं- प्रतिनिधि सभा निर्वाचन ०७९ बाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी

प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : कृषिमन्त्री

काठमाडौं – कृषि तथा पशपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको

बेइजिङ पुगे प्रधानमन्त्री ओली, उपमन्त्री सुनले गरे स्वागत

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन्

लीलावल्लभको पद गएपछि रेवतीरमण बने कोशीका आन्तरिक मामिलामन्त्री

काठमाडौं– कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद

राजा फर्काउँछु भन्ने राप्रपा उपचुनावमा उत्तानो !

काठमाडौं– अघिल्लो साता केराबारीमा भेटिएका राप्रपाका मोरङ जिल्ला अध्यक्ष गोपाल