नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा  निगरानी « Khabarhub

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा  निगरानी


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ ।

नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०–०८१ को हालसम्म अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

‘नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्न ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कृष्णु र शुक्लाफाँटा नगरपालिकामा बुझाएका छौँ,’ उहाँले भने , ‘ती ट्रयाक्टर सञ्चालकबाट जरिवानास्वरूप तीन लाख रकम असुल उपर गरिएको छ ।’

जरिवाना लिन थालेपछि अवैधरूप नदीजन्य पदार्थको चोरी निकासी हुने कार्यमा कमी आउन थालेको उनको भनाइ  छ । नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि प्रहरीसँगै स्थानीय बासिन्दाले पनि सक्रियता देखाउँदै आएका छन् ।

स्थानीय बासिन्दाले अवैध रुपमा नदीजन्य पदार्थ चोरी भइरहेको जानकारी पाउनासाथ प्रहरीलाई खबर गरी सहयोग गरिरहेका छन् ।

डिभिजन वन कार्यालयले मातहतका सामुदायिक वनलाई नदीजन्य पदार्थको अवैध रुपमा सङ्कलन गर्ने कार्य रोक्नका लागि पत्राचार गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलका अनुसार सामुदायिक वन क्षेत्रभित्रको खोला, खहरेबाट अनियमित तरिकाले नदीजन्य पदार्थ लैजाने गरेको र सामुदायिक बनभित्र राख्ने गरेको जानकारी पाइएकाले त्यस्ता कार्य रोक्नका लागि पत्राचार गरिएको छ ।

यसैगरी, इलाका  प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा चालु आवको हालसम्म ट्राफिक नियम विपरीत चल्ने एक हजार नौ सय सवारीसाधनलाई कारबाही गरी १२ लाख ८८ हजार पाँच सय रकम सङ्कलन गरी राजस्वमा जम्मा गरेको छ ।

अवैध रुपमा चोरी तस्करी भएको ७४ दशमलव ९२ क्यूविक सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि सबडिभिजनल वन कार्यालय कलुवापुरलाई बुझाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ०० बजे

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा