कोरोनाको नयाँ भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह  « Khabarhub

कोरोनाको नयाँ भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह 


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले विश्वमा कोभिड-१९ को सब भेरियन्ट जेएन.१ नामक नयाँ  भेरियन्टको जोखिम बढेको छ । नेपालमा अहिलेसम्म नयाँ भेरियन्टका नयाँ संक्रमित फेला नपरे पनि छिमेकी देशमा देखा परेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी देशमा जेएन.१ बढिरहेकाले सर्तकर्ता अपनाउन भनेको हो । मन्त्रालयले यसबारेमा आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।

 ‘पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ मन्त्रालयले विज्ञप्तिमा  भनिएको छ। 

मन्त्रालयले कोभिड-१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रीनिङ र निगरानी भइरहेको बताउँदै कोभिड-१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरेको छ ।

भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातका सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । 

कोभिड-१९ को सब भेरियन्ट जेएन.१ पछिल्लो समय भारतमा तीब्र रुपमा फैलिइरहेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : २७ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले