स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ   « Khabarhub

स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ  


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई हाल चन्द्रागिरि बस्ने २५ वर्षीय अजय राज शाही र सोही ठाउँ बस्ने गोरखा घर भएकी  ३५ बर्षीय छिमी सुनिन रहेकी छिन् ।

शाहीसमेत दुई जनाले अनिल भुजेललाई वैदेशिक रोजगारीको लागि स्लोवेनिया पठाइदिन्छु त्यसको लागि ७ लाख रुपैयाँ लाग्छ र स्लोवेनिया पुगेपछि फ्याक्ट्रीमा काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारी २ लाख ८० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरुलाई  मंगलबार चन्द्रागिरि नैकापबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : १२ बजे

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।