दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा राष्ट्रियसभा निर्वाचनलाई लिएर गठबन्धनमा असन्तुष्टि, सरकार छाड्ने साना दलको चेतावनी; राष्ट्रियसभामा एमालेलाई पनि भाग चाहियो; सामाजिक न्याय, सुशासन सरकारकाे प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ; सुरुङमा मृत भेटिएका केसीको हत्या आरोपमा चार जना पक्राउ; शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल; नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिलगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रियसभा निर्वाचन : गठबन्धनमा असन्तुष्टि, सरकार छाड्ने साना दलको चेतावनी

सहमतिको नाममा राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेलाई समेट्ने नेपाली कांग्रेस र माओवादी केन्द्रको तयारीमा साना दल असन्तुष्ट बनेका छन ।

राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि सरकारलाई समर्थन गरेका साना दल असन्तुष्ट देखिएका हुन ।

राष्ट्रियसभामा एमालेलाई पनि भाग चाहियो !

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि राष्ट्रियसभा निर्वाचनमा आफ्नो भाग खोजेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन एमालेले आग्रह गरेको बताएका थिए ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्तावबारे थप बुझेर गठबन्धन दलबीच फेरि छलफल हुने जानकारी दिए । यस विषयमा माओवादी र कांग्रेसबीच पनि छलफल भएको भन्दै उनले एमालेसँगको सहकार्य ससर्त हुने बताए ।

सामाजिक न्याय, सुशासन सरकारकाे प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सामाजिक न्याय, सुशासनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा १६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै अगाडि बढेको बताए ।

सुरुङमा मृत भेटिएका केसीको हत्या आरोपमा चार जना पक्राउ

 दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई  पक्राउ गरेको छ। बुधबार प्रहरीले ४ आरोपीलाई पक्राउ गरेको हो। 

घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी  शुक्रबार बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका थिए। 

शिक्षा विधेयकमाथि समिति र शिक्षक महासङ्घीबीच छलफल

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको बैठकमा शिक्षक महासंघले विद्यालय शिक्षालाई समयानुकु बनाउन सुझाव दिएका थिए । सो क्रममा महासङ्घकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरूले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान दिएको भन्ने कुरा उचित नभएको धारणा राखे ।

मनास्लुमा ९ हजारभन्दा बढी पर्यटकले भ्रमण गरे

प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् ।

 एक वर्षको अवधिमा यस वर्ष नौ हजार एक सय ६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको  मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

सौराहामा बढे चिनियाँ र भारतीय पर्यटक

प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताएका छन् ।

चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकोमा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीको भनाइ थियो ।

जंगली जनावरबाट बालीनाली जोगाउनै मुस्किल

जंगली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर–पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जंगलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन  राति जाग्राम बस्न बाध्य भएका हुन् ।

पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न गाउँका किसान जंगली जनावरबाट पीडित भएका छन् ।

राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व भएन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा पूर्व कर्मचारी समाज नेपालको स्मारिका बिमोचन कार्यक्रममा थापाले राष्ट्रियसभामा बिषयविज्ञहरुको प्रतिनिधित्व हुनुपर्ने परिकल्पना गरेपनि त्यसो हुन नसकेको बताएका हुन् ।

उनले राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वार छनौट गर्ने विषयमा पार्टीहरूले सिफारिस गर्ने व्यक्तिका बारेमा संविधान अनुरूपको बहस नै नहुने अवस्था रहेको धारणा राखे ।

निर्मला पन्तलाई सम्झाउने कथानक श्रृङ्खला ‘आरती’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पुग्यो । हत्यारा आजसम्म पत्ता लाग्न सकेको छैन । उनै निर्मलालाई बिर्सन नदिनका लागि भन्दै सो घटनामा आधारित कथानक श्रृङ्खला ‘आरती’ निर्माण गरिएको छ ।

बुधबार रिपोर्टर्स क्लबमा एक कार्यक्रम आयोजना गरी ‘रे’ र ‘श्रीयान’ इन्टरटेनमेन्टको संयुक्त प्रयासमा घोषणा गरिएको श्रृङ्खलाले बलात्कारीलाई राज्यले कसरी संरक्षण गर्छ भनेर देखाउन खोजिएको निर्देशक रोशन दासले बताए । उनी भन्छन्, ‘कतै निर्मलालाई बिर्सिए कि भनेर सम्झाउन फिल्म बनाएको हुँ ।’

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अंकले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो ।

आज तीन सय छ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता शेयर ९६ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रू चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : ०० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको