शनिबार, शनिदेवको पूजा गर्नुहोस् « Khabarhub

शनिबार, शनिदेवको पूजा गर्नुहोस्


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २० गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी ३ तारिख। माघ कृष्ण अष्टमी तिथि। आज विशेष केही चाडपर्व र उत्सव छैनन्।

शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यको पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ।शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ५ : ३९ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा